पोखरादेखि मुक्तिनाथसम्म ८० किलोमिटर लामो केवलकार बन्ने, लगानी बोर्डमा पुग्यो डिपिआर



file photo

काठमाडौं । नेपालमा हालसम्मकै लामो केवलकार निर्माण हुने भएको छ । कास्कीको विरेठाँटी मुक्तिनाथसम्म कूल ८० किलोमिटर लामो केवलबार निर्माण हुन लागेको हो ।

केवलकारको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । तयार भएको डिपिआर लगानी बोर्डमा पेश भएको छ । केवलकार मुक्तिनाथ दर्शन प्रालिले निर्माण गर्न लागेको छ ।

बोर्ड र लगानीकर्ताबीच भएको सम्झौता अनुसार यही मंसिर १४ गते डिपिआर पेश गरेको हो । बोर्डका प्रवक्ता धमेन्द्रकुमार मिश्रले डिपिआर पेश भएको जानकारी दिए ।

उनले डिपिआरमाथि आवश्यक परामर्श र छलफलपछि आयोजना निर्माणका लागि स्वीकृति दिइनेछ । आयोजनाको लगानीका लागि लगानीकर्ता कम्पनीले आवश्यक तयारी गरिरहेको छ ।

नेपालमा पहिलो केवलकारको रुपमा सो केवलकार ८०.१६ किलोमिटर लामो रहनेछ । केवलकार विरेठाँटी, घोडेपानी, तातोपानी, लेते, कोवाङ, टुकुचे, मार्फा, जोमसोम हुँदै मुक्तिनाथसम्म पुग्नेछ । यस्तै बोर्डमा अन्य केही ठूला आयोजनाको विस्तृत परियोजना प्रतिवेदन पेश भएको छ ।

विशेष गरी ठूला पूर्वाधार परियोजनाको विकासकर्ता कम्पनीका तर्फबाट ती परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन पेश भएको बोर्डले जनाएको छ ।

बोर्डकाका अनुसार त्यस्तो प्रतिवेदन पेश गर्ने मध्य विरगन्ज र भैरहवामा निर्माण हुने प्राइभेट फेरिट टर्मिनल एउण्ड बल्क ह्यान्डलिङ फ्यासिलिटिज परियोजनाको लगानीकर्ता रहेको छ ।

त्यस्तो प्रतिवेदन तयारीका लागि बोर्डको कार्यालय र विकासकर्ता कम्पनीबीच २०७६ मंसिर १५ मा समझदारी भएको थियो ।

यसैगरी विराटनगरमा निर्माण हुने मल्टीमोडल लजिस्टिक पार्क परियोजनाको विकासकर्ता कम्पनी सिजी लजिस्टिक प्रालि र सरार्फ समूहले समेत आज उक्त परियोजनाको पनि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन पेश गरेको बोर्डले जनाएको छ । सो कम्पनीसँग बोर्डले २०७६ असार २ मा सम्झौता गरेको थियो ।

यस्तै, चाइना नेपाल फ्रेडसिप इन्ड्रिस्टिज पार्क परियोजनाको विकासकर्ता कम्पनीको तर्फबाट दमक क्लिन इन्ड्रिस्टिज पार्कले मंसिर २९ मा बोर्डमा प्रतिवेदन पेश गरेको छ ।

सो परियोजना निर्माणको लागि ५८.६१ अमेरिकी डलर बराबरको लगानी स्वीकृत गरेको थियो । उक्त परियोजना चिनियाँ कम्पनी जेपिजेसिसिपिडि र दमक क्लिन इन्ड्रिस्टिज पार्कको संयुक्त लगानीमा झापाको दमकमा निर्माण हुन लागेको छ ।


पुष्प दुलाल