उखु किसानको पैसा नतिर्ने उद्योगीलाई पक्राउ गर्ने सरकारको निर्णय



काठमाडौं । उखु किसानको पैसा नतिर्ने उद्योगीहरुलाई पक्राउ गरिने भएको छ । गृह मन्त्रालयमा मंगलबार गृह मन्त्रालयमा बसेको बैठकले किसानको पैसा नदिने उद्योगीलाई पक्राउ गर्ने निर्णय गरेको हो।

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा कृषिमन्त्री घनश्याम भुसाल, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र संघीय मामिला तथा स्थानीय विकासमन्त्री हृदयश त्रिपाठी बैठक बसेको थियो।

पटकपटक सम्झौता भएपनि उखु किसानले उद्योगीहरुबाट १ अर्ब रुपैयाँ भुक्तानी पाउन बाँकी छ । तराईका किसानहरु पैसा नलिई नफर्किने घोषणा गर्दै सडक आन्दोलन गर्न काठमाडौं आइपुगेका छन् ।


पुष्प दुलाल