समपूरक र विशेष अनुदानका लागि प्रस्ताव पेश गर्न प्रदेश र स्थानीय तहलाई संघीय सरकारको पत्र



काठमाडौं । सरकारले संघीय समपूरक र विशेष अनुदानबाट सञ्चालन हुने आयोजनाको विवरणसहितको प्रस्ताव पेश गर्न प्रदेश तथा स्थानीय तहलाई आग्रह गर्दै पत्राचार गरेको छ । त्यससम्बन्धी जानकारी मंगलबार एक सूचना प्रकाशित गरेर समेत दिएको छ ।

राष्ट्रिय योजना आयोगले संघीय समपुरक र विशेष अनुदानबाट संचालन हुने आयोजनाको प्रस्ताव पेश गर्न ७ वटै प्रदेश र ७५३ स्थानीय तहलाई आग्रह गरेको हो ।

आयोगले आगामी पुस मसान्तभित्र प्रदेशको हकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र पालिकाको हकमा सम्बन्धित पालिकामार्फत आयोजनाको विवरणसहितको प्रस्ताव पठाउन आग्रह गरेको हो ।

प्रकाशित सूचना अनुसार आयोगले आयोजना प्रस्तावसम्बन्धि सर्तको अधिनमा रहेर यस्तो आयोजनाको प्रस्ताव पेश गर्न ध्इानकर्षण गराएको छ ।

आयोगले आर्थिक वर्ष २०७८÷ ०८९ मा संचालन गरिने आयोजनाको विवरण सूचना मार्फत माग गरेको हो । प्रदेश र स्थानीय तहले यी दुई अनुदानबाट संचालन हुने आयोजनाको विवरण पेश गरेपछि आयोगले योजना छनौट गरिनेछ ।

संघीय सरकारले शैक्षिक विकास, वाल र मार्त मृत्युदर वढी भएका क्षेत्रमा यसको नियन्त्रण र रोकथामका लागि अनुदान दिने गर्दछ । यस्तै , दुर्गम र पछाडिपरेका क्षेत्रका लागि खानेपानी आयोजना, भौतिक पूर्वाधारको क्षेत्रमा विशेष अनुदान दिने गरेको छ ।


पुष्प दुलाल