खोप निर्माता कम्पनी मोर्डनामाथि साइबर हमला, चोरियो महत्वपूर्ण विवरण



काठमाडौं । खोप निर्माता कम्पनी मोर्डना माथि साइबर आक्रमण भएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार सोमबार साइबर हमला भएको हो । त्यसबाट खोपसम्बन्धी केही महत्वपूर्ण विवरण चोरी भएको छ ।

महत्वपूर्ण विषय भने यो रहेको छ कि सो बारेमा कम्पनी स्वयमले भने आवश्यक जानकारी पाउन सकेको थिएन । साइबर हमला भएको बारेमा कुनै विवरण पाउन नसकेको कम्पनीलाई त्यसका बारेमा पहिलो सूचना भने यूरोपियन मेडिसिन एजेन्सीले दिएको छ ।

बेलायती पत्रिका दि गार्जियनका अनुसार कम्पनीले खोप सम्बन्धी अनुमतिका लागि सरकारी निकायलाई कागजात पठाएको थियो । सोही विवरण नै ह्याकरहरुको निशानामा परेको हो । सोही दौरानमा महत्वपूर्ण विवरण चोरी भएको हो ।

यूरोपिययन मेडिसिन एजेन्सीले नै सारा यूरोपभर नै खोपको अनुमति दिने नियामक निकाय हो । सो निकायले केही महिना पहिले नै आशंका गरेको थियो कि महत्वपूर्ण विवरण साइबर आक्रमणका क्रममा चोरी हुन सक्छ । केही तथ्यांक समेत

ह्याकरहरुको निशानामा पर्न सक्छ । फाइजर तथा बायोएनटेक कम्पनीमाथि भएको साइबर हमला भने नकाम सिद्ध भएको थियो ।


पुष्प दुलाल