संसारभर गुगलको सिस्टममा समस्या, १५ करोडको क्षति, युट्यवमा भएन भिडियो अपलोड



काठमाडौं । झण्डै ४० मिनेट संसारभरकर नै सर्च इन्जिनको रुपमा स्थापित गुगल डाउन हुँदा १५ करोड बराबरको क्षति भएको छ ।

सोमबार साँझ गुगलको सम्पूर्ण सिस्टम नै क्रयास भएको थियो । गुगलको प्रणालीमा समस्या आउँदा २० हजार घण्टा लामो भिडियो समेत अपलोड हुन पाएन । संसारभर नै हल्लीखल्ली मच्चियो ।

मानिसको दैनिकजी जस्तै बनेको गुगलको प्रणालीमा समस्या आउँदा त्यसले ठूलो प्रभाव समेत पारेको छ । लगइन तथा एक्सेसमा समस्या देखिएको थियो ।

झण्डै ४० मिनेट गुगलको १९ वटै सेवा ठप्प भएको थियो । गुगलले हालसम्म के भएको हो भनेर कुनै जानकारी दिएको छैन । तथ्यांकअनुसार युट्यूबमा ६० सेकेण्डमा मात्रै ५००घण्टा बराबरको डेटा अपलोड हुने गर्दछ ।

त्यसआधारमा हेर्दा २० हजार घण्टा बराबरको डेटा अपलोड हुन पाएन । जसका कारण झण्डै १५ करोड बराबरको नोक्सानी भएको छ । युट्यूवले एक मिनेटमा झण्डै ३२ हजार डलर कमाउने गर्दछ ।

सो समयमा करिब ५० लाख बढी प्रयोगककर्ताको इमेल आदान प्रदान हुन पाएन ।

विवरणअनुसार जिमेल, युट्यूव, क्यालेन्डर, ड्राइभ, डक्स, सिटस, स्लाइडु, गुप्स, ह्यांगआउट, च्याट, मिट, वाल्ट, करन्ट, फाम्र्स, क्लाउड सर्च, किप, टास्स र वाइडमा समस्या देखा परेको थियो । तर, गुगल सर्च इन्जिन र गुगल म्याप भने चलेको थियो ।

बेलायतको पत्रिका मिररका अनुसार संसारभरका ५४ प्रतिशत मानिसले युटयूवमा कुनै एक्सेस नै पाउन सकेनन् । ४२ प्रतिशत मानिसले भिडियो हेर्न पाएनन् । ३ प्रतिशतले लगइन समेत गर्न पाएनन् ।

त्यसको साथ साथै ७५ प्रतिशतले लगइन नै गर्न पाएनन् । १५ प्रतिशतले बेवसाइटको एक्सेस नै पाएनन् । यो भन्दा पहिले २० अगस्टमा समेत यस्तै प्रकारको समस्या पैदा भएको थियो ।

संसारभरमा जिमेल प्रयोकर्ताको संख्या झण्डै १ अर्ब ८० करोड बराबर रहेका छन् । २०२० मा इमेल सर्भिसको हिस्सा ४३ प्रतिशत हो । इमेलका लागि ७५ प्रतिशत बढीले मोबाइल फोन प्रयोग गर्छन् । २०२० मा हरेक दिन ३०६.४ बिलियन इमेल आदान प्रदान हुन्छ ।

यस्तै, यूटयूवको मात्रै २ अर्ब बढी प्रयोगकर्ता छन् । उसले संसारभर देखिएको समस्या समाधानका लागि आफनो प्राविधिक समूह परिचालित भएको जनाएको छ । छिट्टै नै के भएको हो भनेर जानकारी दिने उसले जनाएको छ ।

गुगलमा देखिएको समस्यालाई लिएर मात्रै ४० मिनेटमा १३ लाख बढी ट्वीट गरिए । संसारभरका ६० लाख कम्पनी गुगलको जि सुट सेवा अर्थात् गुगल वर्क प्लेसको प्रयोग गर्छन् ।

प्रविधिका जानकारहरुका अनुसार सेवामा समस्या आउँदा प्राइवेट ब्राउजिङबाट एक्सेस गर्न सकिन्छ । गुगल क्रयास हुँदा एपको अपरेट गर्नमा समेत समस्या देखिएको थियो ।

के गुगलमा समस्या आएको हो ? वा डाउन भएको हो ? भनेर सर्च गर्दा भनियो , होइन । सो समयमा मात्रै करिब ५.५९ अर्ब बराबरको रिजल्ट देखाएको थियो ।


पुष्प दुलाल