४८ सय करोड खर्च गरेर सामसुङको डिस्प्ले यूनिट भारतमा स्थापना गरिदै



काठमाडौैं । चीनलाई ठूलो व्यापारिक धक्का लाग्ने भएको छ । दक्षिण कोरियन इलेक्ट्रिक कम्पनी सामसुङले आफनो सबैभन्दा ठूलो डिस्प्ले कारखाना भारतको नोयडामा लगाउने भएको छ । चीनबाट सो कारखाना भारतको नोयडामा सार्न लागेको जनाइएको छ ।

सामसुङले त्यसका लागि मात्रै ४ हजार ८२५ करोड बराबरको भारु लगानी गर्ने भएको छ । सामसुङले भारतमा यसअघि सामान्य रुपमा कारखाना स्थापना गरेको भएपनि यो उच्च प्रविधिसहितको कारखाना हो ।

सामसुङको यसअघि नै भारतीय प्रधानमन्त्रीले सन् २०१८ मा नै मोबाइल उत्पादन गर्ने कारखानाको उद्घाटन गरेका थिए ।

सो कारखानामा कूल ५१० जनाले रोजगारी पाउने भएका छन् । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले सामसुङको डिस्प्ले यूनिट नोयडामा स्थापना गर्न अनुमति दिइएको छ ।

सो निर्णयपछि कोरियन कम्पनी सामसुङले आफनो मोबाइल तथा आइटी डिस्प्ले कारखाना चीनबाट भारतमा सार्ने भएको छ । उत्तर प्रदेश सरकारका प्रवक्ताका अनुसार सामसुङको भारतमा यो पहिलो प्रविधिसहितको परियोजना हो ।

यो चीनबाट भारत आउन लागेको छ । भारत संसारभरकै तेस्रो देश हो, जहाँ उच्च प्रविधिसहितको कारखाना स्थापना हुन लागेको छ ।

सामसुङले टिभी, मोबाइल ट्याबलेट तथा घडी निर्माण गर्दै आएको छ । त्यसमा प्रयोग हुने ७० प्रतिशत बढी डिस्प्ले यूनिट भारतमा लगाउन लागिएको हो । कम्पनीको दक्षिण कोरिया, भियतनाम र चीनमा मात्रै त्यस्ता मालवस्तु उत्पादन गर्ने कारखाना रहेको छ ।

कम्पनीका अनुसार भारतमा विद्युतीय सामग्रीको उत्पादन तथा निर्यातको हब बनाउने लक्ष्य सहित उक्त यूनिट स्थापना गर्न लागिएको हो ।

सामसुङको साथ साथै एप्पलको सहयोगी कम्पनीहरु फाक्सकान, विस्टान तथा पेट्रागनलाई उत्पादनलाई पनि भारतमा ल्याउनका लागि पहल गरिरहेको छ । चीन र अमेरिकाबीचको व्यापार युद्धका कारण पछिल्ला दिनमा चीनमा रहेका उद्योगहरु क्रमशः अन्य देशहरुमा स्थानान्तरण भइरहेका छन् ।


पुष्प दुलाल