दुई नयाँ मोडेलसहित नेपालमा मोटोरोलाको पुनरागमन, मूल्य कति ?



काठमाडौं । मोटोरोलाले आफ्ना स्थापित जि र इ वर्गबाट दुईवटा नवीनतम र अत्यन्त लोकप्रिय विश्वव्यापी उत्पादनहरूका साथ मोटोरालाले आज नेपालमा पुनरागमनको घोषणा गरेको छ ।

मोटोरोला नेपाल डिलरसिप कल मोबिलिटी प्रालि रहेको छ । सन् २००७ मा कल मोबिलिटीले नेपाली बजारमा रकआर, रेजआर र सि सिरिज जस्ता यसका परम्परागत मोडलहरू ल्याएको थियो ।

नेपालमा यी मोडलहरू अत्यन्त लोकप्रिय थिए । र, बजारबाट बहिर्गमन नहुन्जेल मोटोरोला मोबाइलका ब्राण्डहरूमा नेपालमा अग्रणी ब्राण्डको रुपमा स्थापित थियो ।

विश्वव्यापी रुपमा नै मोटोरोलाका इ र जि वर्ग यसका दुईवटा अति लोकप्रिय उत्पादनहरू हुन् । जसमा सन् २०१९ सम्ममा जि वर्गको बिक्री मात्रै१० करोडभन्दा धेरै भएको छ । इ वर्गले ती ग्राहकलाई केन्द्रित गर्दछ जो आफ्नो वर्गमा विशेषतामा उत्तम भएको अझ नयाँ जीवनशैलीमा स्तरोन्नति गर्न खोज्दैछन् ।
मोटो जि नाइन प्ले र इ सेभेन प्लस, दुबै आफ्ना वर्गमा उत्कृष्ट विशेषताहरूसहित असाधारण मूल्यमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

नयाँ मोटो जी उपकरणले आफूलाई चाहिने सबैथोक एउटा उत्पादनमा राखेर प्रयोगकर्ताको अनुभवलाई अर्को उचाईमा पुर्याउने कम्पनीको विश्वास छ । नियर-स्टक एन्ड्रोइडको मूल्य १९ हजार ९ सय ९० रुपैयाँ रहेको छ ।


पुष्प दुलाल