मुक्तिनाथ विकास बैंकको ‘मुक्ति भाई’ ब्राण्ड मस्कट सार्वजनिक



काठमाडौं । मुक्तिनाथ विकास बैंकले बैंकको लोगोको प्रतिक ‘मुक्ति भाई’ नामक नयाँ ब्राण्ड मस्कट सार्वजनिक गरेको छ । आगामी दिनमा बैंकले सोही मस्कटलाई ब्राण्ड बनाएर आफ्नो विभिन्न सेवा, सुविधा, प्रडक्टहरुको प्रचारप्रसार गर्ने बैंकले जनाएको छ ।

बैंकका अध्यक्ष भरतराज ढकाल र प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलद्धारा संयुक्त बैंकको मस्कट सर्वजनिक गरिएको हो ।

विकास बैंकले कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार र प्रणालीलाई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटीएमबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

त्यसैगरी मोबाइल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्माआदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ । हाल विकास बैंकको १३८ ओटा शाखा कार्यालयहरु रहेका छन् ।


पुष्प दुलाल