सोमवारदेखि अमेरिकामा कोरोना भाइरस विरुद्धको खोप लगाइने



काठमाडौं । कोरोना भाइरस विरुद्धको खोप बनाइरहेको फाइजर बायोएनटेक कोरोनाभाइरस खोप आपत्‌कालीन प्रयोगका लागि अनुमति दिइएपछि अमेरिकामा सोमबारदेखि प्रयोग गरिने भएको छ ।

सरकारी अधिकारीहरुका अनुसार सर्वसाधारणलाई सोमवारदेखि खोप लगाउन शुरु गरिनेछ । यसै सातामा पहिलो चरणमा ३ करोड मात्रा खोप सबै ५० राज्यमा राज्यमा पठाइएको छ । खोप वितरणको जिम्मेवारी पाएका जेनरल गुस्ताभ पर्नाले दिएको जानकारी उदृत गर्दै बिबिसीले जनाएको छ ।

यो खोप कोरोना विरुद्धको प्रयोगमा ९५ प्रतिशत प्रभावकारी रहेको र यसलाई अमेरिकी नियामक निकाय ुफुड एन्ड ड्रग एडमिनिस्ट्रेशन एफडीएले सुरक्षित ठहर गरेको छ।

बिबिसीका अनुसार शनिवारमात्रै अमेरिकामा सर्वाधिक ३ हजार ,३०९जनाको मृत्यु भएको थियो।उक्त सङ्ख्या जोन्स हप्किन्स विश्वविद्यालयले रेकर्ड गरेकोमध्ये संसारभरकै एकदिनमा उच्च मृत्यु हो।

एफडीएका प्रमुख स्टेफन हानले आफू खोप लगाउन तयार रहेको बताएका थिए । अमेरिकामा नोभेम्बर यता कोरोनाभाइरसका कारण हुने मृत्यु तीव्र गतिमा बढिरहेको छ।

ट्रम्प प्रशाशनले कडा दबाव दिएपछि एफडीएले फाइजर खोपलाई आपत्‌कालीन प्रयोगका लागि शुक्रवार अनुमति दिँदै भनेको छस् महामारीमा यो महत्त्वपूर्ण प्रगति भएको जनाएको छ ।

शनिवारको पत्रकार सम्मेलनमा जनरल पर्नाले भनेका थिए अबको २४ घण्टामा खोप विभिन्न स्थानमा पठाइनेछ।

कूल १४५ स्थानमा सोमवार खोप प्राप्त हुने, ४२५ स्थानमा मङ्गलवार प्राप्त हुने र ६६ स्थानमा बुधवार प्राप्त हुने अपेक्षा छ,ू उनले आगामी हप्ता फाइजर खोपको पहिलो वितरण सम्पन्न हुने र त्यसले ३ करोड मानिसलाई खोप लगाउन पुग्ने बताए।

कोरोनाभाइरस सङ्क्रमणले फोक्सोमा दीर्घकालीन असर पर्नाले संवाददाताहरूलाई खोप सुरक्षित रूपमा यथास्थानमा पुग्नेमा आफू शत प्रतिशतु विश्वस्त रहेको बताए। बेलायत क्यानडा, बाहरेन र साउदी अरेबियाका नियामक निकायले फाइजर खोपलाई अनुमति दिइसकेका छन्।

अन्य मुलुकमा झैँ अमेरिकाका स्वास्थ्य अधिकारीहरूले स्वास्थ्यकर्मी र केयर होममा बसेकाहरूलाई प्राथमिकता सूचिको पहिलो पङ्क्तिमा पार्ने ठानिएको छ। उच्च प्राथमिकतामा परेका बाहेक अन्य अमेरिकीले ज्यानुअरीदेखि खोप पाउन शुरू हुने र एप्रीलसम्ममा सहज उपलब्ध हुने ठानिएको छ।

एफडीए प्रमुख स्टेफन हानले पारदर्शी र खुला समीक्षाुपछि खोपले सुरक्षा प्रभावकारिता र उत्पादन गुणस्तरमा वैज्ञानिक मापदण्ड पुर्‍याएपछि अनुमति दिइएको उनले बताए।

बिहीवार विज्ञहरूले खोपमा रहेको जोखिमको तुलनामा फाइदा निकै धेरै रहेको भन्दै त्यसलाई अनुमति दिन सुझाव दिएका थिए।

फाइजर, खोप परीक्षणको अन्तिम चरणमा प्रभावकारी परिणाम देखाएको पहिलो खोप हो। यो एमआरएनए भनिने नयाँ प्रकारको खोप हो।

यो खोप २१ दिनको फरकमा दुईपटक दिइन्छ। दोस्रो मात्रालाई ुबूस्टरु भनिएको छ। पहिलो मात्रामा रोग प्रतिरोधी शक्ति बन्न थाल्छ तर दोस्रो मात्रा खोप दिएको सातदिनपछि यो पूर्ण प्रभावकारी बन्छ। खोपलाई असाध्यै कम तापक्रममा भण्डारण गर्नुपर्छ।

फाइजरका अनुसार सुख्खा बरफ प्रयोग गरेर चिस्यानमा राखिएका खोपहरू खोप लगाउने स्थानसम्म पुर्‍याइनेछ। उत्पादक कम्पनीले मार्चसम्ममा दश करोड मात्रा खोप अमेरिकालाई उपलब्ध गराउन सहमति गरेको छ।

मोडेर्ना र न्याशनल इन्स्टिच्यूट अफ हेल्थले विकास गरेको थप बीस करोड मात्रा दोस्रो खोप जून महिनासम्ममा उपलब्ध गराउने भनिएको छ। तर दोस्रो खोपले अमेरिकाबाट अनुमति पाइसकेको छैन। बिबिसी


पुष्प दुलाल