अमेरिकी राष्ट्रपति जो वाइडेनको घोषणाः १०० दिनमा १० करोडलाई खोप, नेपालमा कहिले ?
काठमाडौं । डोनाल्ड ट्रम्पको गलत नीतिका कारण लाखौं नागरिक कोरोना प्रभावित देशको रुपमा रहेको अमेरिकामा नयाँ नेतृत्वले जिम्मेवारी सम्हाल्ने बित्तिकै नागरिकलाई विशेष राहत दिने तयारी थालिएको छ ।
आगामी जनवरी २० तारिखमा पदभार स्म्हाल्न लागेका अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको पहिलो १०० दिनमा १० करोड नागरिकलाई कोरोना खोप लगाउने योजना अगाडि सारेका छन् ।
मंगलबार डेलावरमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्रीको नाम सार्वजनिक गर्दै उनले आफ्नो कार्यकालको १०० दिन भित्रै कोभिड–१९ अन्त्य नभए पनि महामारीको चपेटामा परेका नागरिकलाई भरोसा दिलाउने बताएका छन् ।
यसअघि नै उनले नियमित रुपमा मास्क लगाउन र कम्तीमा पनि १०० दिनसम्म त्यसलाई जीवन व्यवहारमा लागू गर्न आग्रह गरिसकेका छन् ।
यस्तै मंगलबार नै अमेरिकाको सरकारी निकायले फाइजरको खोप ९५ प्रतिशतसम्म सुरक्षित रहेको विवरण सार्वजनकि गरेको छ । उसले भनेको छ फाइजरको खोप ९५ प्रतिशत सुरक्षित रहेको छ । उत्तः खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिने तयारी गरिएको छ ।
बाइडेनले स्वास्थ्यमन्त्रीको रुपमा क्यालिफोर्नियाका महान्यायाधिवक्ता जेभियर बेकेरा तथा रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) को प्रमुखमा रोचेल वालेन्स्कीलाई चयन गरेका छन्।
अमेरिकाका शीर्ष सङ्क्रामक रोग विज्ञ डा एन्थोनी फाउचीले क्रिसमसपछि कोभिडका घटनाहरूको अर्को लहरको चेतावनी दिएको विवरण केही दिन पहिले नै सार्वजनिक भएको छ ।
उनले केही दिन भित्रै शुरु हुन लागेको लामो क्रिसमस र नयाँ वर्षको छुट्टिको समय थप चुनौति बन्न सक्ने चेतावनी दिएका छन् ।
अमेरिकामा सङ्क्रमण एउटा उच्च विन्दु पछ्याउँदै औसतमा दैनिक २ लाख पुग्ने क्रममा अगाडि बढेको छ ।
अस्पताल कोरोनाभाइरसका बिरामीले भरिन थालेपछि अमेरिकाका दुई ठूला राज्यहरू क्यालिफोर्निया र न्यूयोर्कले खराब जनस्वास्थ्य संकटको समेत चोतवनी दिइएको छ ।
अहिलेसम्म अमेरिकामा १ करोड ५० लाखभन्दा बढी कोरोना संक्रमित देखिएका छन् । यस्तै ३ लाखको हाराहारीमा ज्यान गएको छ ।