इ बिजनेश पोलिसी फोरम २०२० शुरु



काठमाडौं । डेल्टा ल फर्म तथा इन्टरनेट गभर्नेन्स इन्स्टिच्युटको संयुक्त आयोजना शुक्रबारदेखि राजधानीमा इ बिजनेस पोलिसी फोरम, २०२० शुरु भएको छ । कार्यक्रम इन्नोभेटिभ लिगल सर्भिस तथा नेपाल इन्टरनेट फाउन्डेसनको सह आयोजना रहेको छ । ।

भर्चुअल माध्यमबाटआयोजना गरिएको कार्यक्रममा इ बिजनेश सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति, कानून तथा प्रचलित अभ्यासबारे सरोकारवाला व्यक्ति तथा किायबीच विचार विमर्श गरिनेछ ।

कार्यक्रममा विद्युतीय कारोबार तथा त्यससग जोडिएका विषयमा समेत गहन समिक्षा र विश्लेषण गरी दिगो अनलाइन व्यवसायको विस्तारका बारेमा के कसरी अगाडि बढ्ने भन्ने बारेमा आवश्यक उपायको खोजी समेत गरिने आयोजक संस्थाले जानकारी दिएको छ ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव गणेशप्रसाद पाण्डे, उच्चस्तरीय सूचना प्रविधि आयोगका पूर्व उपाध्यक्ष मनोहरकुमार भट्टराई, वरिष्ठ कानून व्यवसायी उपेन्द्रकेशी न्यौपाने, नेपाल बार एसोसिएशनका पूर्व महासचिव सुनिलकुमार पोखरेल, ठमेल डट कमका को फाउण्डर बालकृष्ण जोशीलगायतले इ विजनेशनका कानून तथा प्रचलित अभ्यास र भावी कार्यदिशाका बारेमा आ आफनो धारणा राख्ने छन् ।

कार्यक्रममा कोभिडले व्यापार व्यवसायमा पारेको प्रभव तथा त्यसले सिर्जना गरेको अवसरका बारेमा समेत जानकारी दिइनेछ ।

त्यस अवसरमा इ कमर्स सम्बन्धी नीतिगत व्यवस्था, त्यसले सिर्जना गरेको अवसर तथा चुनौती तथा यस्ता व्यवसायको दिगोपन एवम् प्रतिलिपी अधिकार एवम् उपभोक्ता अधिकार र संरक्षणका बारेमा छलफल हुनेछ । फोरममा ३०० को प्रत्यक्ष सहभागिता रहेको छ ।


पुष्प दुलाल