टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरेर कोरोना विरुद्धको खोप लगाउँदै अमेरिकाका ३ पूर्वराष्ट्रपति



काठमाडौं । अमेरिकाका ३ पूर्व राष्ट्रपतिले टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरेर नै कोरोना भाइरस विरुद्धको खोप लगाउने भएका छन् ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार जर्ज डब्ल्यू बुस, बिल क्लिन्टन र बाराक ओवामाले आम विश्वलाई नै कोरोना भाइरस विरुद्धको खोप सुरक्षित रहेको जानकारी दिने ध्येयका साथ प्रत्यक्ष प्रसारणमा नै खोप लगाउन लागेका हुन् ।

बेलायतमा कोरोना भाइरस विरुद्धको खोप प्रयोगका लागि मन्जुरी दिइएको छ । अमेरिकामा पनि शिघ्र नै फुड एण्ड ड्रग एडमिनिस्ट्रेशनले अनुमति दिने विश्वास लिइएको छ ।

आम मानिसलाई विश्वास दिलाउनका लागि ३ पूर्व राष्ट्रपतिले खोप लगाउन तयार भएका हुन् । उनीहरुले खोप लगाउँदा टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिनेछ । यसको ध्येय आम मानिसलाई खोपका सम्बन्धमा देखिएको दुविधा र डरलाई हटाउनु रहेको छ ।

यस्तै हालै मात्र राष्ट्रपतिमा निर्वाचित जो वाइडेन र उपराष्ट्रपति कमला ह्यारिसनले पनि खोप प्रयोग गर्न सक्ने बताइएको छ । तर यो विषयमा अन्तरिम राष्ट्रपति डोनाल्ड ट्रम्पका तर्फबाट हालसम्म कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन ।

दि गार्जियनको एक विवरण अनुसार वाइडेन र कमलाले पनि आशंकालाई कम गर्ने सदिक्षा राखेका छन् । उनीहरुले अनुमति पाउने बित्तिकै खोपको प्रयोग गर्ने बताएका छन् ।

पछिल्लो पटक सिएनएनसँगको अन्तरवार्तामा वाइडेनले स्पष्ट शब्दमा भनेका छन् – खोपको विषयमा कुनै पनि आशंका छैन ।

वाइडेनले भनेका छन्– म खोप लगाउनका लागि विल्कुल पूर्ण रुपमा तयार छु । म चाहन्छु कि सबैको सामु नै खोप लगाउन पाऊ । यसलाई लिएर कुनै आशंका गर्नुकोे कुनै अर्थ छैन । म अमेरिकी नागरिकलाई भरोसा दिलाउन चाहन्छु । खोप पूर्ण रुपमा सुरक्षित छ ।

पूर्व कार्यकारी प्रमुखहरु जर्ज डब्ल्यू बुस, बिल क्लिन्टन र बाराक ओवामाले भने टेलिभिजनमा नै प्रत्यक्ष प्रसारणका क्रममा नै खोप लगाउने भएका छन् ।

मात्रै प्रतिक्षा यो छ कि कहिले एफडिएले खोपको अनुमति दिन्छ । उनीहरुले यो कुरा संयुक्त रुपमा नै भनेका हुन् । जुन टेलिभिजन कार्यक्रममा वाइडेन तथा कमला पनि उपस्थित थिए । अमेरिकाका सबै राज्यका नागरिक चाहन्छन् कि खोप सबैभन्दा पहिला हामीलाई प्राप्त होओस् ।

म पनि खोप लगाउने दिनको प्रतिक्षा गरिरहेको छु । उनले भने – मैले पूर्व राष्ट्रपतिबाट यही कुरा सिकेको छु, जिम्मेवारी निभाउने समयमा पछि हट्ने होइन, सामना गरेर अगाडि बढ्ने हो ।

एक सर्वेक्षणका क्रममा अमेरिकाका ४० प्रतिशत बढीले खोपका विषयलाई लिएर आशंका गरेका थिए । उनीहरुको आशंका थियो कि खोपका कारण अन्य कुनै न कुनै साइड इफेक्ट त हुँदैन ?

वाइडेन र कमलाले सबैको सहयोग लिएर आशंका हटाउन प्रयास गरिरहेका छन् । जानकारी अनुसार यसै हप्तामा अमेरिकामा खोप प्रयोगका लागि अनुमति मिल्नेछ ।


पुष्प दुलाल