टेस्लाका सिइयोले भने- मर्जरका लागि तयार छु



काठमाडौं । विद्युतीय सवारी साधान निर्माण गर्ने विश्वविख्यात कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले स्टार्ट अप व्यवसायलाई थप विस्तार गर्नका लागि अन्य प्रतिस्पर्धी कम्पनीलाई पनि मर्जर गर्न सकिने बताएका छन् ।

एलन मस्कले आफू मर्जमा जान तयार रहेको भन्दै खुला भएर सम्वादमा आउन अन्य कम्पनीलाई आग्रह गरेका छन् । उनले भनेका छन् – सबै खालको कुराकानी एवम् छलफलमा लागि म तयार छु ।

बर्लिनमा आयोजित एक कार्यक्रममा उनले सो कुराको घोषणा गरेका हुन् । हाल कम्पनीको कूल बजार पूँजीकरण पहिलो पटक ५०० बिलियन डलर बराबर भएको छ । त्यो भनेको नेपाली मुद्रामा ५, ८७, २०, ९५, ००, ००, ००० रुपैयाँ बराबर हो ।

उनले प्रतिस्पर्धी कार बनाउने कम्पनीको खरिद गर्ने विचार गरेका छन् । उनले त्यसका लागि ५०० बिलियन डलर अर्थात् ३९.९७ लाख करोड भारतीय रुपैयाँ भन्दा बढी बजार पूजीकरण भएको टेस्लाका लागि पनि महत्वपूर्ण हुन जान्छ ।

कार्यक्रममा मस्कले भनेका छन् कि हामी निश्चितरुपमा हामी यस्तो अधिग्रहणको शुरुवात गर्ने पक्षमा छैनौ, जहाँ शत्रुतापूर्ण व्यवहार होस् । यदि कोही कसैले टेस्लासँग नयाँ सोचका साथ काम गर्ने इच्छा राखेर वा स्टार्टअप अवधारणाका साथ काम गर्ने सोच राखेर विचार गरेको भए, त्यसका साथ आफूहरु कुराकानी गर्न तयार रहेको उनले बताए ।

उनका अनुसार कम्पनीको सेयरमा लगानी गर्नेलाई २०२० मा ५५० प्रतिशत बराबरको लाभांश दिइएको छ । शानदार एवम् तिव्र गतिका साथ चलिरहेको कम्पनीको बजार पूँजीकरण समेत पहिलो पटक बढेर ५५४.२९ बिलियन डलर बराबर पुगेको छ ।

यो भारतको रिलायन्स इन्डस्ट्रिजको बजर पूँजीकरणको तुलनामा तीन गुणा बढी हो । रिलायन्स भारतमा सबैभन्दा बढी बजार पूँजीकरण भएको कम्पनी हो ।

ब्लुमवर्गका अनुसार पछिल्लो सातामा टेस्लाको सेयरमा सानदार तवरले वृद्धि देखिएको थियो । पछिल्लो सोमबार एस एण्ड पि डाउ जोन्स इनडेक्समा टेस्लाको इन्डेक्स समावेश गरिनेछ । विवरण अनुसार डाउ जोन्समा २१ डिसेम्बरमा समावेश गरिनेछ ।


पुष्प दुलाल