एनएमबि बैंकले पायो बैंक अफ दि इयर २०२० को उपाधि



काठमाडौं । एनएमबी बैंक लिमिटेड सन् २०२० का लागि बैंक अफ दि इयर बन्न सफल भएको छ ।

बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने ९० वर्षभन्दा बढी इतिहास बोकेको विश्वविख्यात पत्रिकाले सन् २०२० का लागि अन्तर्राष्ट्रियस्तरमै प्रतिष्ठित ‘बैंक अफ दि एयर २०२० नेपाल’ बाट एनएमबि बैंकलाई सम्मान गरेको हो ।

पछिल्लो ४ वर्षमा बैंकले उक्त उपाधी पाएको यो तेस्रो पटक हो । बेलायतको राजधानी लण्डनबाट प्रकाशित हुने लोकप्रिय पत्रिका फाइनान्सियल टाइम्सले बैंकलाई उक्त उपाधि दिएको हो ।

बैंकको ब्यालेन्स सिटको आकार र यसको सन्तुलित सञ्जाल विस्तारका कारण शहरी, अर्ध शहरी र ग्रामीण क्षेत्रलाई समेत समेटेको छ । उसले उल्लेखनीय प्रगति समेत हासिल गरेको छ ।

एनएमबिले आफैंलाई बैंकको रूपमा जुन काम भिन्न तरिकाले गर्दै आएको छ, त्यसले उसलाई संस्थागत विकास मात्रै नगरी सफल बैंकको रुपमा समेत अनुवाद गरेको छ ।

एनएमबिले नवीकरणीय उर्जा, कृषि, साना तथा मझौला कर्जा विस्तार तथा डिजिटलाइजेशनलाई समेत केन्द्रबिन्दुमा राखेको छ ।

निष्ठामा आधारित दिगो मूल्य एवम् दीर्घकालीन सोचका साथ आफना कामलाई बढावा दिने बैंकको अभियानले अन्तर्राष्ट्रियरुपमा समेत आफूलाई सशक्त रुपमा उभ्याएको छ ।

एनएमबि आज सबैभन्दा मनपर्दो नेपाली बैंकका रुपमा स्थापित भएको तथ्य अन्तर्राष्ट्रिय रुपमा नै स्थापित छ । विषम अवस्थामा समेत वैदेशिक लगानी ल्याएर आफूलाई सबल संस्थाको रुपमा स्थापित गरेको छ ।

बैंकले वातावरणीय र सामाजिक जोखिम व्यवस्थापन गर्ने नीतिलाई पनि उत्तिकै प्राथमिकतामा राखेका कारण व्यवसाय र पर्यावरणमा उत्पन्न हुने सामाजिक जोखिमलाई न्यूनीकरण गर्न समेत लागिपरेको छ ।

बैंक अफ द इयरको उपाधिले विश्वव्यापीरुपमा बैंकिङ क्षेत्रमा उसले देखाएको उत्कृष्टताको पनि पुनः परिभाषित गरेको छ । उक्त उपाधि दिँदा निश्चित केही मापदण्डलाई आधार बनाइन्छ । त्यसमा सम्पूर्ण सेयरधनी, बैंकको वित्तीय प्रदर्शन, शेयरधारकको मूल्य, ग्राहकका सन्तुष्टि जस्ता प्यारामिटरलाई हेरिन्छ ।

४ वर्षको बीचमा तेस्रो पटक उपाधि पाउँदा हामी असाध्यै खुसी भएका छौ भन्दै बैंकले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसमा हाम्रो कडा परिश्रम र समर्पणको प्रमाण हो, हाम्रा ग्राहक, नियामक, बैंकको सञ्चालक समिति र सरोकारवाला सबैको सहयोग नै अमूल्य छ ।

कोभिड १९ को विषम अवस्थामा पनि बैंकले गरेको प्रयास एवम् डिजिटल माध्यमबाट भएका निर्वाध सेवाले आमरुपमा सहयोग पुर्याएको र सफलतामा योगदान गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


पुष्प दुलाल