लक्ष्मी हुन्डाईको को गाडी अनलाइनबाट खरिद गर्न सकिने



काठमाडौं । नेपालको लागि हुण्डाई मोटर्सको एक मात्र आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले कोविड–१९ को कारण व्यवस्थालाई सहज बनाउन नौलो विक्री माध्यमको विकास गरेको छ । यस माध्यम मार्फत ग्राहकहरुले सम्पर्कविहिन वा सिमित सम्पर्कमा सजिलै अनलाइनबाट आफुलाई चाहिएको हुण्डाई गाडीे खरिद गर्न सक्नेछन् ।

लक्ष्मी हुण्डाईले हाल कोविड–१९ को सावधानी स्वरुप सामाजिक दुरी कायम राख्दै आफ्ना ग्राहकहरुलाई उत्कृष्ट तथा नौलो सुविधा प्रदान गर्नको लागि आफ्नो आधिकारीक वेबसाईटबाट अर्डर गरेर खरिद गर्न सक्ने छन् ।

ग्राहकहरुका लागि गाडी खरिदको प्रक्रिया सहज बनाउनको लागि, यस प्रणाली मार्फत ग्राहकहरुले आफुलाई चाहिएको गाडी सजिलै खोजेर छनौट गरी त्यस गाडीको विभिन्न विशेषताहरु, मुल्य, छुट तथा अन्य विभिन्न फाईदाहरुको साथै आफुलाई चाहिएको गाडीको उपलब्ध रहेका विभिन्न रंगहरुको छनौट गरी खरिद गर्न सक्नेछन् ।

ग्राहकहरुले उपलब्ध रहेको गाडीको जानकारी र अफरहरुबाट सन्तुष्ट भएपछी गाडी खरिदका लागि अनलाइनबाट कोटेशन जारी गर्न सकिने छ ।

यसका साथै आवश्यकता परेमा बैंक फाइनान्सको पनि प्रक्रिया अनलाइन मार्फत गर्न सक्नेछन् अथवा अनलाइन ट्रान्सफर वा चेक मार्फत डिलरशिपलाई बाँकी रकम तिरेर उनीहरूको उपयुक्त स्थानमा गाडीको डेलिभरी लिन सक्नेछन् । यसरी गाडी खरिद गरेमा १० हजार रुपैयाँको सर्भिस भौचर समेत प्राप्त गर्न सक्ने छन् ।


क्लिकमान्डु