नेपालमा प्रादेशिक बजेट पोर्टल संचालनमा



काठमाडौं ।  नेपालका सातै वटा प्रदेशहरुको बजेट सरल र सहज रुपमा सम्प्रेषण गर्ने उदेश्यले ‘ओपन बजेट नेपाल’ नामक वेब साइट संचालनमा आएको छ । काठमाडौँ स्थित, तथ्यांक तथा मिडिया सम्बन्धि अनुसन्धानमा सक्रिय संस्था अलंकार इन्नोभेसनले द एसिया फाउन्डेसनको आर्थिक सहयोगमा उक्त वेब पोर्टल निर्माण गरेको हो ।

यस वेबसाइटमा नेपालका सात प्रदेश अन्तर्गतका बिभिन्न मन्त्रालयहरुले प्रस्तुत गरेको बजेट सरल रुपमा प्रस्तुत गरिएको छ । संघियताको महत्वपूर्ण अंग भएता पनि प्रदेशहरुले प्रस्तुत गर्ने बजेटमा जनचासो कम भएको हुँदा कुन प्रदेशमा कति बजेट बिनियोजन गरिएको छ, कति खर्च भएको छ लगायतका बिषयहरु सहजरुपमा प्रस्तुत गरि तथ्यांकका माध्ययमबाट सरकारहरुलाइ जवाफदेही बनाउने उदेश्यका यो वेब साइट निर्माण गरिएको, संस्थाका कार्यक्रम संयोजक निशान्त खनालले जानकारी दिए ।

हाललाइ ७ प्रदेशका बिभिन्न मन्त्रालयहरुको बिनियोजीत बजेट मात्र समावेश गरिएको यस पोर्टललाइ भबिस्यमा नेपालको प्रमुख ओपन डाटा बजेट पोर्टलका रुपमा निर्माण गर्दै, प्रदेश, संघ र स्थानीय सरकारहरुले बिनियोजन गर्ने खर्च गर्ने सम्पूर्ण बजेटहरु तिनमा आधरित विश्लेषण सहितको पूर्ण ओपन बजेट पोर्टल निर्माण गर्ने उदेश्य संस्थाले राखेको छ ।


क्लिकमान्डु