महासंघ कोषाध्यक्षमा सुकुन्तलाल हिराचन निर्वाचित, चण्डी समर्थक डिबी बस्नेत पराजित



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सुकुन्तलाल हिराचन निर्वाचित भएका छन् ।

महासंघको विधान अनुसार निर्वाचित कार्यकारिणी सदस्यले कोषाध्यक्षको चयन गर्नुपर्छ ।

सोमबार महासंघमा भएको निर्वाचनमा शेखर गोल्छा र पशुपति मुरारका समर्थक सुकुन्तलाल हिराचनले ४० मत ल्याएर चण्डी ढकाल र चन्द्र ढकाल समर्थक डिबी बस्नेतलाई पराजित गरे । बस्नेतले ३१ मत प्राप्त गरे ।

शनिबार भएको महासंघको निर्वाचनमा हिराचन वस्तुगत संघबाट र डिबी बस्नेत जिल्ला नगरबाट कार्यकारिणी सदस्यमा चुनिएका थिए ।

कोषाध्यक्षमा निर्वाचित हिराचन महासंघमा तीन कार्यकाल कार्यकारिणी सदस्य भएर काम गरेका छन् । उनी निर्माण व्यवसायी हुन् ।


क्लिकमान्डु