हजुरआमा र नातीको क्रियटिभ आइडियाः घरमै बसेर यसरी कमाउँछन मासिक तीन लाख



काठमाडौं । पछिल्ला दिनमा विद्युतीय माध्यमबाट व्यापार यवसाय बढाउने र आफनो कला तथा अन्य कुनै प्रतिभा समेत देखाउने प्रचलन असाध्यै बढेको छ ।

विज्ञान तथा प्रविधिले आम मानिसलाई दिएको सहजता तथा सरलता नै यही हो । कोहीले यसैलाई प्रयोग गरेर राम्रो आम्दानी समेत गरेका छन् । स्वरोजगार भएका छन् । जागिरका लागि कोही कसैसँग अनुनयविनय पनि गर्नु परेको छैन ।

घरमै बसेर पनि राम्रो आम्दानी गर्न सकिन्छ । पछिल्लो पटक त संसारभर नै कोरोनाका कारण आम मानिसको दैनिक जनजीवनमा ठूलो प्रभाव परेको छ । सहज रुपमा व्यापार व्यवसाय गर्न पाएका छैनन् ।

उनीहरु मध्ये धेरैको रोजगारी समेत खोसिएको छ । बाँच्नका लागि संघर्ष भने जस्तै मानिसहरुले फरक फरक तरिकाले पनि काम कारवाही गरिरहेका छन् । जो आम मानिसका लागि समेत प्रेरणाको स्रोत बनीरहेको छ ।

भारतमा यस्तै भएको छ । घरमै बसेर पनि , सामान्य महेनत गरेर राम्रै कमाई गर्न सकिन्छ भन्ने तथ्य स्थापित भएको छ ।

सामान्यतयाः गुगल चलाउने जोकोहीले पनि यूटयूब त्यसैको अर्को सामग्री हो भन्ने प्रष्ट बुझ्छ । गुगल सर्च इन्जिन मात्रै होेइन, त्यसैले दिएको सुविधा उपयोग गरेर आफनो प्रतिभा प्रस्तत गर्न तथा कमाई गर्न समेत सकिन्छ ।

भारतको महाराष्ट्रको अहमदनगरमा रहेका एक ७० वर्षीय महिला र उनका नातीले घरमै बसेर महिनाको २ लाख भारतीय रुपैयाँ बराबरको आम्दानी गर्ने गरेका छन् । नेपाली मुद्रामा उनीहरुको कमाई ३ लाख २० हजार बराबर हो ।

७० वर्षीय वृद्धाले घरमा दैनिक तयार गर्न सकिने खाद्य सामग्रीको रेसिपी बनाउँछिन् । उनका नातीले सो विषयलाई भिडियो बनाउँछन् र यूटयूवमा राख्छन् ।

उनीहरुको यूटयूवमा ६ लाख ५० हजारले सब्सक्राइब गरेका छन् । उनीहरुको भिडियोले मासिक रुपमा राम्रै आम्दानी गरेको छ । ७० वर्षीय सुमन धामने र उनका नातीले यसै वर्षदेखि नै यूटयूव सञ्चालनमा ल्याएका हुन् ।

उनीहरुले आफनो च्यानलमा पारस्परिक एवम् परम्परागत महाराष्ट्रको स्थानीय खानेकुराको परिकार बनाउँछन् । हालसम्म उनीहरुले १५० भन्दा बढी भिडियो आफनो च्यानलमा राखिसकेका छन् ।

केही महिना पहिलसम्म सुमनलाई कोही कसैले पनि चिन्दैनथे । अर्थात, जान्दैनथे । अहिले उनीहरु इन्टरनेटको दुनियाँमा राम्रै गरी भाइरल भएका छन् । सुमन कहिल्यै पनि विद्यालय गइनन् । उनले पढन लेख्न पनि राम्ररी जानेकी छैनन् । तर, आजको दिनमा उनको यूटयूव च्यानलमा मात्रै ६ लाख ५० हजार बढीले पछ्याएका छन् ।

पछिल्ला दिनमा समुनले पारिवारिक स्वादलाई आम मानिसका बीचमा पुर्याइरहेका छन् । विशेष गरी महाराष्ट्रका परम्परागत खान पान तथा त्यहाँको परिकारलाई भिडियो बनाएर यूटयूवमा राख्ने गरिएको छ ।

उनले घरेलु मसला प्रयोग गरेर पनि खाने कुरालाई के कसरी स्वादिलो र मिठो बनाउन सकिन्छ भन्ने कुराको जानकारी दिन्छिन् ।

अहमदनगरबाट १० किलोमिटर पर रहेको सरोला कसार गाँउमा रहने सुमन हिन्दी बोल्न जान्दिनन् । उनी केवल मराठी मात्रै बोल्छिन् । तर, उनको च्यानलमा हालसम्म १५० प्रकारका खानेकुरा के कसरी बनाइन्छ भन्ने कुराको जानकारी दिइएको भिडियो राखिएको छ ।

सुमन भन्छिन् पहिले पहिले मलाई यूटयूव भनेको के हो नै थाहा थिएन । उनलाई त्यसबारेमा कुनै चासो पनि थिएन । सपनामा पनि त्यसबारेमा उनले सोचेकी थिइनन् । सामाजिक सञ्जालका माध्यमबाट आफैले खाने कुराको विषयमा आम रुपमा जानकारी दिनुपर्छ भन्ने कुरा त झनै परको विषय रहयो ।

सुमनलाई यूटयूवमा भिडियो सामग्री राख्नुपर्छ भन्ने कुराकोे जानकारी उनका नातीले दिएका थिए । उनका नाती यश पाठकको नै आइडियो थियो त्यो ।

पछिल्ला दिनमा विज्ञान तथा प्रविधि बुझेको युवा र स्थानीय खानेकुराको स्वाद र बनाउने तरिका जानेकी आमाको संयुक्त प्रयास नै आज उनीहरुका लागि कमाई गर्ने राम्रो माध्यम बनेको छ ।

११ कक्षामा पढ्ने १७ वर्षीय यश भन्छन् यसै वर्षको जनवरीमा हजुरआमाले पाउ भाजी बनाउन भनेको थिए । हजुरआमाले भन्नुभयो, मलाई त्यो खाना बनाउन आउँदैन ।

मैले नै उहाँलाई केही खानेकुराको रेसिपी समेटिएको भिडियो देखाए । भिडियो देख्ने बित्तिकै भनिन यो त म असाध्यै राम्रो बनाउन सक्छु । त्यस दिन पछि उनको हजुरआमाले असाध्यै मिठो पाउ भाजी बनाउन सिकिन ।

घरका सबै परिवारले उनले बनाएको खानाको असाध्यै प्रसंशा समेत गरे । सोही समय पछि मलाई हजुरआमाको एक यूटयूव च्यानल बनाउने विषयमा सोच आयो ।

यश भन्छन् एक ८ कक्षामा पढने भाइले आफनो यूटयूव च्यानल चलाइरहेका छन् । तर मैले असाध्यै कम मात्रामा मात्रै भिडियो बनाइरहेको थिए । हजुरआमाको च्यानलका लागि मैले सन् २०१९ मा योजना बनाए ।

च्यानल बनाएर र केही भिडियो समेत बनाए । डिसेम्बर, २०१९ मा हामीले तिते करेलाको सब्जी बनायौ र एक भिडियो बनाएर अपलोड गर्यौ । उक्त भिडियो केही दिन भित्रैमा १० लाख बढीले हेरे । आजसम्म सो भिडियोले ६० लाख बढी भ्यूज पाएको छ । त्यसपछि हामीले बदामको अचार, महाराष्ट्रको स्थानीय मिठाई, हरिया सागपात, भेन्डीको तरकारी तथा अन्य कयौं स्थानीय खानेकुराको भिडियो बनायौ ।

सुमनका अनुसार उनका नातीले यूटयूव च्यानल शुरु गर्ने कुरा गर्दा म असाध्इै डराएको थिए । उनको जीवनमा कहिल्यै पनि क्यामेरामा नपरेको र फेस समेत गरिएको थिएन ।

शुरुका दिनमा केही भिडियोमा असाध्यै गाह्रो भएको थियो । जब मलाई यूटयूवर क्रियटर अवार्ड प्राप्त भयो, त्यसपछि मलाई गर्वको महसुस भयो । मेरो परिवार तथा नातागोताले पनि मेरो असाध्यै तारिफ गरे ।

पढाई लेखाई नभएको वृद्धलाई अग्रेजी आउने भन्ने कुरै थिएन । यी सबै चुनौतीको बीचमा पनि उनका नाती यशले केही अग्रेजी शब्द सिकाइदिए । उनले एक सातामा नै ती शब्द जान्न थालिन ।

शुरुको ३ महिनासम्म १ लाख मात्रै सब्सक्राइवर थिए । आज उनको च्यानलको सब्सक्राइवर ६ लाख ५० हजार पुगेको छ । नयाँ भिडियो राख्ने बित्तिकै सब्सक्राइवर समेत बढीरहेका छन् ।

सबै कुरा राम्रोसँग नै चलीरहेको थियो । तर, १६ अक्टोबरमा अचानक उनको च्यानल ह्याक भयो । सो घटना पछि हजुरआमा र नातीको काममा ठूलो अवरोध पैदा भयो ।

मैले यो कुरा हजुरआमालाई बताएपछि उनलाई असाध्यै परेशान पनि भयो । एक दिन त उनले खाना समेत खाइनन् । त्यसपछि मैले यूटयूवलाई इमेल गरे । २१ अक्टोबरपछि हामूो च्यानल फिर्ता आयो र हामीलाई राहतको महसुस भयो ।

यशका पिता डाक्टर हुन् । उनका आमा गृहणी हुन् । जब यशले च्यानल शुरु गरे उनीहरुले असाध्यै सहयोग गरे । उनले ‘आपली आजी’ नाम दिइएको च्यानलका लागि सातामा २ वटा भिडियो बनाउँछन् ।

यशले सामसुङको फोनबाट भिडियो रेकर्ड गर्थे । राम्रो कमाई हुन थालेपछि उनले आइफोन ११ म्याम्स प्रो तथा ७५० डिएसएल क्यामरा समेत किनेका छन् । अहिले त उनले सबै भिडियो, सोही क्यामराबाट नै खिच्छन् ।

नेपालमा पनि स्थानीय खानपान तथा रहनसहनको भिडियो बनाएर यूटयूवमा राख्दा राम्रै कमाई हुन्छ । रोजगारी पाइएन भन्दै भौतारिएर हिड्न्पर्ने आवश्यकता पनि छैन ।

सिर्जनात्मक सोच र तरिका भएको खण्डमा सानो भन्द्या सानो कामबाट पनि राम्रो कमाई गर्न सकिन्छ । स्वरोजगार बन्न सकिन्छ । के यस तर्फ तपाई हामीले केही गर्न सक्छौ त ? इच्छा तपाईहरुको हो ।


पुष्प दुलाल