एशोसियट सदस्यमा अम्बिकाप्रसाद पौडेल सबैभन्दा बढी मत ल्याएर विजयी



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एशोसियटको कार्यकारिणी सदस्यमा अम्बिकाप्रसाद पौडेल सबैभन्दा बढी मत ल्याएर विजयी भएका छन् ।

पौडेलले ८०२ मत ल्याएर विजयी भएका छन् । महासंघको एशोसियट तर्फ,अबिनास बोहरा ४७६, आनन्द बगरिया ४९९ र कृष्णलाल महर्जन ४६२ मत ल्याएर विजयी भए ।

यस्तै गोपाल खनाल ७५१,ज्योत्स्ना श्रेष्ठ ७६७,देशबन्धु बस्नेत ४८३,  प्रवलजंग पाण्डे ७४३, भरतराज आचार्य ७४६ मत ल्याएर विजयी भए ।

रन्जित आचार्य ४५९, राजेशकुमार अग्रवाल ५३०, विजयसिंह वैद्य ५४७,  शक्तिकुमार बेगानी ५३०, साहिल अग्रवाल ७३०, सैलेन्द्र गुरागाई ६३०, शुसील थापा ४३०, हेमन्त गोल्छा ५०९ मत ल्याएर विजयी भए ।

मंगेशलाल श्रेष्ठ र बिराट थापा बराबर आएको छ ।


क्लिकमान्डु