जान्नुहोसः यस्तो काम गर्छ किबोर्डमा भएका १२ वटा बटनले



काठमाडौं । तपाईको किबोर्डमा भएका कि का बारेमा बारेमा तपाईलाई केकति जानकारी छ ? नियमित रुपमा ल्यापटप तथा डेक्सटपमा तपाईले आफनो काम गरिरहनु भएकै छ ।

तर, तपाईले प्रयोग गर्ने किबोर्डमा रहेका बटनले के काम गर्छ ? तिनीहरुको प्रयोग के कसरी गर्न सकन्छि भन्ने बारेमा तपाईले कत्तिको विचार गर्नुभएको छ ? वा जानकारी लिने प्रयास नै गर्नुभएको छैन ?

यदि छैन भने आज हामी तपाईलाई ती बटनको बारेमा जानकारी दिने प्रयास गर्छौ । कि बोर्डको माथि शिरानामा रहेका एफ १ देखि एफ १२ सम्मका बटनको फरक फरक काम गर्छन् । ती सबै बटनको आ आफै काम हुन्छन् र तिनले हामीलाई सहज रुपमा आफनो दैनिक काम गर्नमद्दत गरिरहेका हुन्छन् ।

एक फूल साइज किबोर्डमा १०१ देखि लिएर १०५ वटासम्म कि रहेका हुन्छन् । तर, ल्यापटपमा भने केही कम मात्रामा कि रहन्छन् । किबोर्ड जति नै छोटो भएपनि त्यसमा उत्तिकै मात्रामा महत्वपूर्ण अल्फाबेटका साथ आवश्यक काम गर्ने गरी व्यवस्था गरिएको हुन्छ । विशेष गरी १२ वटा कि को काम भने असाध्यै महत्वपूर्ण हुन्छ । हामी सोही १२ वटा कि को बारेमा जानकारी दिन गइरहेका छौ ।

एफ १ः जब हामी कम्प्युटर वा ल्यापटप अन गर्छौ । सोही बटनलाई दबाएर सिस्टमको सेटअपमा जान सक्छौ । यहाँ बुट प्रोसेस वा दोस्रो सेटिङ समेत परिवर्तन गर्न सकिन्छ ।

एफ २ः यस कि को मद्दतबाट तपाईले कुनै पनि फाइलको रिनेम गर्न सक्नुहुन्छ । खास कुरा यो हो कि सबै फाइललाई एकै खालको नाम दिने हो भने सबै सेलेक्ट गरेर त्यसमा दबाएपछि फाइलको नाम परिवर्तन गर्न सकिन्छ । माइक्रोसफट वर्डमा यस कि को प्रेस गर्ना साथ फाइलको प्रिन्ट प्रिभ्यू समेत देख्न सकिन्छ ।

एफ ३ः बिन्डोजमा यस कि को प्रयोग गरेर सर्च बक्स खोल्न सकिन्छ । तपाईले कुनै फाइल वा फोल्डर सर्च गर्न सक्नुहुन्छ । एमएस डसमा यो कि दबाएपछि एक पटक टाइप गरेको कुरा दोस्रो पटक टाइप हुन जान्छ ।

एफ ४ः माइक्रोसफट बर्डमा यो कि दबाए पछि पछिले गरिएको काम पुनः देखाउछ । जस्तै जुन शब्द पहिले टाइप गरिएको थियो, उही पुनः आउछ । जुन शब्द बोल्ड गरिएको हुन्छ । पुनः त्यस्तै बोल्ड हुन्छ ।

एफ ५ः कम्प्युटरलाई रिफ्रेश गर्न यो कि को काम आउँछ । यसले फाइललाई अटो अरेन्ज गर्दछ । पावरप्वाइन्टमा यसलाई दबाएपछि भने स्लाइड शो शुरु हुन्छ ।

एफ ६ः मेत यो कि को प्रेस गरेपछि बिन्डोजमा खुलेको फोल्डर्सको कन्टेन्ट देखिन्छ । माइक्रोसफट बर्डमा खुलेका कयौ डकुमेन्ट एक एक गरी हेर्नका लागि कन्ट्रोल,सिफट र एफ ६ को प्रयोग गर्न सकिन्छ ।

एफ ७ः माइक्रोसफट बर्डमा यस कि दबाएपछि कुनै पनि शब्द टाइप गर्दा वा त्यसको हिज्जे, वा सही गलत के हो पत्ता लगाउन सकिन्छ ।

एफ ८ः माइक्रोसफट बर्डमा टेक्स सेलेक्ट गर्नका लागि यो कि को प्रयोग गरिन्छ ।

एफ ९ः माइक्रोसफट आउटलुकमा यो कि को प्रयोग गरे मेल पठाउन वा प्राप्त गर्न सकिन्छ । केही ल्यापटपमा भने स्क्रिनको ब्राइटनेस नियन्त्रण गर्न सकिन्छ ।

एफ १०ः कुनै पनि सफटवेयरमा काम गरिरहेको भए यस कि लाई दबाएपछि मेन्यू खुल्न जान्छ । यसको साथ साथैमा सिफ्टको साथमा एफ १० दबाएपछि माउसको राइट क्लिकको काम समेत गर्न सकिन्छ ।

एफ ११ः इन्टरनेट ब्राउजरको फूल स्क्रिन भ्यूका लागि यो कि को प्रयोग गर्न सकिन्छ ।

एफ १२ः माइक्रोसफट वर्डमा यो कि को प्रयोग गरेर फ्रेस गर्न वा सेभ एज अप्सन समेत खुल्न जान्छ । सिफ्टका साथमा एफ १२ दबाएपछि माइक्रोसफट फाइल सेभ हुन्छ ।


पुष्प दुलाल