अमेरिकामा एकै दिन झण्डै २ लाख कोरोना संक्रमित, अस्पतालमा खाली छैनन बेड



काठमाडौं । अति गरेपछि कसैको केही लाग्दो रहेनछ । यस्तै भएको छ अमेरिकामा ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको गलत नीतिका कारण अमेरिकामा हरेक दिन जसो नै कोरोना प्रभावित नागरिकको संख्या यसरी बढेको छ किm त्यसको कुनै लेखाजोखा नै हुन छाडेको छ । हरेक दिन जसो नयाँ नयाँ रेकर्ड कायम भएको छ ।

अस्पतालहरुमा बेड पाउन मुस्किल छ । अस्पतालका ग्यारेज र कार पार्किङ सेन्टरहरुमा समेत अस्थायी बेड बनाएर कोरोनाका प्रभावितको उपचार गरिएको छ ।

चिनियाँ भाइरसको आरोप लगाएर राष्ट्रपति ट्रम्पले गरेको अव्यवहारिक निर्णयको शिकार अमेरिकी भइरहेका छन् ।

निर्वाचनमा पराजित भएपनि पद छाड्न अस्वीकार गर्दै आएका कारण पनि नव निर्वाचित राष्ट्रपति जो बायडेनले प्रभावकारी तवरले काम गर्न पाएका छैनन् ।

सोही कारण मानिसहरु एक पछि अर्को गर्दै आहत भइरहेका छन् । संक्रमणकालीन काम गर्न दिने विषयमा बाइडेनलाई केही सहज भएपनि हालसम्म राज्यको साधन तथा स्रोतमा पहुँच दिने तर्फ कुनै प्रयास भएको छैन ।

अमेरिकामा एक दिनमा मात्रै १ लाख ८१ हजार कोरोना संक्रमित फेला परेका छन् । एकै दिन २ हजार बढीको ज्यान गएको छ । यूरोपमा शुरु भएको दोस्रो लहरका कारण पनि जनजीवन नराम्ररी प्रभावित भएको छ । फ्रान्सको अवस्था पुनः भयावह बनेको छ ।

यूरोपभर नै पुनः लकडाउन गर्नुपर्ने आवाज उठीरहेको छ । केही देशले त लकडाउन शुरु गरिसकेका छन् । पछिल्लो विवरण अनुसार संसारभरमा कूल ६ करोड १२ लाख बढी मानिसहरु कोरोना प्रभावित भएका छन् । त्यसमध्ये १४ लाख ३६ हजारको ज्यान गएको छ । ४ करोड २३ लाख बढी निको भएका छन् ।

अमेरिकामा मात्रै १ करोड ३२ लाख बढी संक्रमित भएका छन् । २ लाख ६९ हजार बढी मानिसको ज्यान गइसकेको छ । चैतको खरमा आगो लागे जसरी फैलिएको कोरोनाको प्रभावका कारण मानिसहरु तवाह अवस्थामा पुगेका छन् ।

केही गर्दा पनि कोरोना नियन्त्रण गर्न नसकिने अवस्थामा अमेरिका पुगेको छ । एक दिनमा मात्रै १ लाख ८१ हजार बढी संक्रमित हुनु आफैमा सबैभन्दा ठूलो संख्या हो । फ्रान्समा समेत एकै दिन १३ हजार बढी संक्रमित भएका छन् ।

अमेरिकाका स्थानीय प्रशासनले अस्पतालमा बेड नभएको बताएका छन् । बिरामी, अशक्तहरु घरमै बस्न बाध्य छन् । उनीहरुले उपचार समेत नपाउने अवस्था रहेको छ ।

धन्यवाद दिने दिनमा मानिसहरुको बढ्दा चहलपहल भएका कारण पनि सार्वजनिक स्थानमा मानिसहरुको अत्याधिक भीड थियो ।

जसका कारण कोरोना एक अर्काका सरेको हुन सक्ने देखिएको छ । पछिल्लो २४ घण्टामा मात्रै ८९ हजार ९५९ मानिस विभिन्न फरक फरक अस्पतालमा भर्ना भएका छन् ।

फ्रान्समा चरम रुपमा संक्रमित बढेपछि सरकारले ४ साताका लागि लकडाउन गरेको छ । लकडाउनको विरोध पनि चर्को रुपमा भइरहेको छ । दुई सातामा मात्रै झण्डै ५० हजार मानिस प्रभावित भएका छन् । दास्रो पटक फ्रान्सले विभिन्न ९ शहरमा लकडाउन गरेको हो ।

संयुक्त राष्ट्र संघका एक निर्देशक बिनी वायनिमाका अनुसार महामारीका कारण सबैभन्दा बढी प्रभावित एडस पीडित भएका छन् । सन् २०३० सम्म एडसलाई नियन्त्रण गर्ने योजना कोरोनाका कारण प्रभावित भएको छ ।

पछिल्लो ६ महिनामा औषधी उपचार गर्न नसक्दा सन् २०२१ को मे सम्ममा झण्डै ५ लाख एडस पीडितको ज्यान जाने अवस्था देखिएको छ ।

छिमेकी देश भारतमा ९३ लाख ९ हजार ८७१ संक्रमित हुँदा १ लाख ३५ हजार ७५२ को ज्यान गएको छ । भारत कोरोना प्रभावित हुने देशहरु मध्ये दोस्रो नम्बरमा रहेको छ ।


पुष्प दुलाल