महासंघको निर्वाचन रोक्न माग राख्दै गरेको रिट सर्बोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलाशमा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन रोक्न माग राख्दै परेको रिट सर्बोच्चका न्यायधीश पुरुषोत्तम भण्डारीको इजलाशमा परेको छ ।

२ नम्बर उद्योग वाणिज्य महासंघका अध्यक्ष शिवशंकर साहले प्रदेशको निर्वाचन नगर्दै महासंघले केन्द्रको निर्वाचन गर्न लागेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौं सहित महासंघलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

साहले जिल्ला प्रशासन कार्यालयमा महासंघको निर्वाचन रोक्न माग राख्दै निवेदन दिएका थिए । तर,जिल्ला प्रशासन कार्यालय काठमाडौंले साहको माग अस्विकार गर्यो । त्यसपछि साहले सर्बोच्चमा रिट दायर गरेका हुन् ।

महासंघको साधारणसभा बिहीबारदेखि सुरु हुन लागेको छ । जसको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने छन् ।


क्लिकमान्डु