पहिलोपटक गभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर गरेको ५ र १० को नोट बजारमा



काठमाडौं । नेपाल राष्ट्र बैंकले पहिलो पटक गर्भनर महाप्रसाद अधिकारीको दस्ताखत रहेको ५ र १० को नोट बजारमा ल्याएको छ ।

नोटमा गभर्नरको दस्ताखत रहने स्थानमा गभर्नर महाप्रसाद अधिकारीको दस्ताखत रहेको पहिलो पटक बजारमा ल्याएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको सुचनाअनुसार उक्त दस्ताखत गरेको ५ र १० को रुपैयाँको नोट आजबाट (मंसिर १० गतेबाट) चलनचल्तीमा ल्याएको जनाएको छ ।

राष्ट्र बैंकले करिब ४९ लाख ९९ हजार ९ सय ९५ रुपैयाँको ९ लाख ९९ हजार ९ स ९९ थान ५ रुपैयाँको नोट बजारमा ल्याउने भएको छ । जसमा बैंकले ५ रुपैयाँको दरको साविककै आकार तथा रङ्मा संकेत नं थ/३४ ०००००१ देखि न/५४ ९९९९९९ थान नोट आउने जनाएको छ ।

नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट ५ रुपैयाँ तुरुन्तै पाउने सुचनामा उल्लेख गरेको छ ।

त्यसैगरी, राष्ट्र बैंकले ९९ लाख ९९ हजार ९ सय ९० रुपैयाँ बराबरको ९ लाख ९९ हजार ९ सय ९९ थान १० को नयाँ नोट बजारमा ल्याउने भएको छ ।


पुष्प दुलाल