एफएनसीसीआई निर्वाचनः एसोसियटमा ३ उम्मेद्वार दुबै प्यानलमा पर्ने, को-को भिड्दैछन् ?



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा एशोसियटतर्फबाट कार्यसमितिमा चुनिने केही सदस्य दुईवटै प्यानलमा पर्ने देखिएको छ ।

एसोसियटतर्फका उम्मेद्धार सौरभ ज्योति र रामचन्द्र संघई दुवै उम्मेद्धारले आ-आफ्नो प्यानल बनाए पनि दुबै पक्षले पूर्णसंख्यामा उम्मेद्वार उठाउन असफल देखिएका छन् ।

निर्वाचन समितिका अनुसार एशोसियटमा ३१ जनाको उम्मेद्वारी परेको छ । महासंघघको विधानअनुसार एशोसियटमा १९ जना चुनिनुपर्छ ।

महासंघको बरिष्ठ उपाध्यक्षको निर्वाचनमा ३० प्रतिशत मतभार रहने एसोसियटबाट आउने प्रतिनिधिलाई भविष्यमा नेतृत्वको दावेदारको रुपमा लिइन्छ ।

यो पटक महासंघमा बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको समुहबाट एशोसियट उपाध्यक्षमा रामचन्द्र संघइले उम्मेद्वारी दिएका छन् । अर्का बरिष्ठ उपाध्यक्षका उम्मेद्वार किशोर प्रधान समुहबाट सौरभ ज्योतिले एसोसियट उपाध्यक्षमा खउम्मेद्वारी दिएका छन् ।

प्रधान समुहबाट एशोसियटमा उम्मेद्वारी दिएका ज्योतिले आफ्नो प्यानल सार्वजनिक गरेका छन् । जसमा अहिलेसम्म १६ जनाको मात्रै नाम छ ।

ज्योतिले आफ्नो प्यानलबाट शाहिल अग्रवाल, विजयसिंह वैद्य, ज्योत्सना श्रेष्ठ, रञ्जितराज आचार्य, अशोककुमार टेमानी, कृष्णप्रसाद दुलाल, आनन्द बगरिया, राजेशकुमार अग्रवाल, मङ्गेशलाल श्रेष्ठ, प्रवलजङ्ग पाण्डे र सुनिल नारायण श्रेष्ठ उम्मेद्वार छन् ।

ज्योतिको प्यानलबाट एशोसियट उम्मेद्वार बनेका बनेका १६ जनामा ११ जना अहिलेको कार्यकार्यरिणी समितिमा सदस्य थिए ।

यसबाहेक ज्योतिको प्यानलका उम्मेद्धारहरु हेमन्त गोल्छा, शक्तिकुमार बेगानी, उदीप श्रेष्ठ, शैलेन्द्र गुरागाईं र मदनलाल जोशी नयाँ हुन् ।

त्यसैगरी, बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल समूहबाट एशोसियट उपाध्यक्ष संघईको पक्षबाट कार्यकारिणी सदस्यमा १५ उम्मेद्वार रहेका छन् ।

संघईले एशोसियटतर्फ भरत आचार्य, गोपाल खनाल, रामशरण थपलिया, भरत ढकाल, अबिनास बोहरा उम्मेद्वार छन् । जसमा आचार्य, खनाल र थपलिया अहिलेको कार्यकार्यरिणी समितिमा एशोसियटबाट सदस्य छन् । ढकाल वस्तुगतबाट र बोहरा संस्थापक समुहबाट कार्यकारिणी सदस्य छन् ।

संघाईको टिमबाट एशोसियटमा अम्बिका पौडेल, कृष्णलाल महर्जन, देशबन्दु बस्नेत (अजित), बाबुकाजी कार्की, बासुदेव गौतम, रामकृष्ण प्रसाई, रेखा घिमिरे, बिराट थापा, शुसील थापा र संजय गिरी उम्मेद्वार छन् ।

यसरी हेर्दा निर्वाचनमा यदि एशोसियटमा प्रधान समुहले क्लिनस्विप गरेमा ३ जना ढकाल समुहबाट सदस्य चुनिने छन् । यदि ढकाल समुहले क्लिनस्विप गरेमा ४ जना प्रधान समुहका सदस्य चुनिनेछन् ।

दुवै समुहले बराबर उम्मेद्वार उठाउन नसकेको हुँदा केही सदस्य दुवै प्यानलको भोट पाउने देखिन्छ । दुबै प्यानलको भोट पाउनेले सर्वाधिक मत ल्याउने निश्चित छ ।


पुष्प दुलाल