कर्मचारी संचय कोषको कर्जा बैंक अफ काठमाण्डूका सबै शाखाबाट भुक्तानी गर्न सकिने



काठमाडौं । कर्मचारी संचय कोषबाट ग्राहकले लिनुभएको कर्जा तथा सापटीको साँवा तथा ब्याज बैंक अफ काठमाण्डू लिमिटेडको सबै शाखा कार्यालयहरुबाट भुक्तानी गर्न सकिने छ ।

कर्मचारी संचय कोषबाट जुनसुकै कर्जा वा सापटी लिएका ऋणी महानुभावहरुले साँवा तथा ब्याजसहितको किस्ता रकम भुक्तानी गर्न कर्मचारी संचय कोषमा नगई यस बैंकको जुनसुकै शाखा कार्यालयबाट भुक्तानी गर्न सक्नेछन् ।

यस सुबिधाबाट ग्राहक महानुभावहरुको समय बचत हुने र बिना झन्झट सजिलै बैंकको शाखा कार्यालयबाट झुक्तानी गर्न सक्नेछन् ।

बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।


पुष्प दुलाल