सहमतिका लागि भवानी राणाले बोलाएको बैठकमा चन्द्र ढकालले भने- किशोरजीले छाडे सहमति हुन्छ



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा बरिष्ठ उपाध्यक्षका लागि निर्वाचनमा सहमति गर्नका लागि अध्यक्ष भवानी राणाले दुई प्रत्यासीलाई बोलाएको बैठक बिना निष्कर्ष सकिएको छ ।

महासंघ अध्यक्ष राणाले बरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधान र चन्द्र ढकाललाई सहमतिका लागि बोलाएकी थिइन् ।

राणाले कोभिडको समयमा निर्वाचन हुन लागेको हुँदा सहमति गरेर अगाडि बढ्न सुझाव दिएकी थिइन् ।

तर दुवै प्रत्यासीले एकले अर्कोलाई छाडेमा सहमति हुने भन्दै बाहिरिएका थिए । बरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्र ढकालले अर्का प्रत्यासी किशोर प्रधानले छाडेमा सहमति हुने बताएका थिए ।

प्रधानले आफू सहमतिको पक्षमा रहेको बरिष्ठ समेत रहेको हुँदा चन्द्र ढकालले छाड्नुपर्ने बताएका थिए । अध्यक्ष राणाले सहमति नभएमा लोकतान्त्रिक तरिकाले निर्वाचनमा जान सुझाव दिएकी थिएन् ।

महासंघको निर्वाचन नजिकिँदै गर्दा सहमतिको अन्तिम प्रयासका लागि अध्यक्ष राणाले सक्रितया देखाएकि थिइन् । सहमतिको प्रयासका लागि पूर्वअध्यक्षहरु लागेका थिए । तर निर्वाचनमा होमिसकेको अवस्थामा सहमतिको सम्भावना कम हुँदै गएको हो ।


क्लिकमान्डु