जोनसनको पाउडरले क्यान्सर भएको भन्दै १४ अर्ब बराबरको क्षतिपूर्ति तिर्न आदेश



काठमाडौं । बालबालिकाका लागि राम्रो भन्दै तपाईले के कति मात्रामा जोनसन एण्ड जोनसनका कम्पनीका पाउडर प्रयोग गर्नुभएको छ ? यदि छ भने तपाईका लागि त्यो हानीकारक हुनसक्छ । तपाईंको पैसा तथा बालबच्चाका लागि समेत त्यसले नकारात्मक असर असाध्यैै हानीकारक हुन सक्छ ।

मानव स्वास्थ्यलाई असर पार्ने सामग्री प्रयोग गरिएको भन्दै सो कम्पनी विरुद्ध परेको मुद्दामा अमेरिकाको न्यूयोर्क अदालतले संसारभरलाई नै सोचनीय फैसला गरिदिएको छ ।

जोनसनको पाउडर प्रयोग गरेका कारण क्यान्सर भएको भन्दै अदालतमा मुद्दा परेपछि न्यूयोर्कको एक अदालतले कम्पनी विरुद्ध झण्डै सवा १४ अर्ब बराबरको जरिवाना तिर्नुपर्ने फैसला गरेको छ ।

अदालतले कम्पनीलाई १४ अर्ब २२ करोड ९८ लाख ५२ हजार बराबरको जरिवाना तिर्नुपर्ने फैसला सुनाएको छ ।

जोनसन एण्ड जोनसन कम्पनी विरुद्ध पुनः एक पटक समस्याको घडी पैदा भएको छ । समाचार अनुसार अदालतले झण्डै १२० मिलियन डलर बराबरको जरिवाना गर्ने फैसला सुनाइदिएको छ ।

एक महिलाले कम्पनी विरुद्ध मुद्दा दायर गरेकी थिइन् । मुद्दाको सुनुवाई गर्दै जरिवानाको फैसला सुनाइएको हो ।

ती महिलाले कम्पनीलाई आरोप लगाइएकी थिइन कि जोनसनको टेल्कम पाउडरको प्रयोग गरेका कारण उनको स्वास्थ्यमा खराबी उत्पन्न भएको थियो । सौन्दर्य प्रशाधक कम्पनी जोन्सनले विशेष गरी महिला र बालबालिकाका लागि पाउडरलगायतका सामग्री उत्पादन गर्छ ।

अदालतमा ती महिलाका कानून व्यवसायीले भने अनुसार सो कम्पनीले प्रयोग गरेका सामग्रीमा मानव स्वास्थ्यलाई हानी गर्ने खालका सामग्रीको प्रयोग गरिएको छ । सन् १९७० मा सो कम्पनीले उत्पादन गरेको सामग्री मानव स्वास्थ्यका लागि हानीकारक रहेको जानकारी भएपनि लुकाइएको थियो ।

विशेष गरी टेल्कम पाउडर सबैभन्दा बढी खराब रहेको पाइएको छ । सो कम्पनीले पुनः मुद्दाका विषयमा पुनरावेदन गर्ने जनाएको छ । कम्पनीले फैसलामा कानूनी कमजोरी रहेको भन्दै पूनरावलोकन गर्ने दावी गरेको छ ।

जानकारहरुका अनुसार सो कम्पनीको पाउडर प्रयोग गरेका कारण स्वास्थ्य समस्या आएको भन्दै १५ हजार बढी केश रहेको छ । त्यसमा विशेष गरी बालबच्चालाई प्रयोग गरिने पाउडरमा बढी गुनासो आएको छ ।


पुष्प दुलाल