दुई अन्तरराष्ट्रिय विमानस्थलको क्षमता विस्तारका लागि एडिबीको १८ अर्ब ऋण सहयोग, यी काममा हुनेछ खर्च



काठमाडौं । नेपालको प्रमुख दातृ संस्था एशियाली विकास बैंक (एडिबी)ले दुई प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारका लागि १५० मिलियन अमेरिकी डलर) बराबरको ऋण प्रदान गर्ने भएको छ ।

नेपाली रुपैयाँमा उक्त ऋण रकम झण्डै १८ अर्ब बराबर रहेको छ । एडिबीले करिब १७ अर्ब ७४ करोड ८९ लाख ४५ हजार बराबरको ऋण सहयोग गर्न लागेको मनिलाबाट शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

हाल सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र निर्माण सम्पन्न हुने चरणमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारका लागि उक्त ऋण दिन लागिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रेस विज्ञप्ति अनुसार पछिल्ले सहयोगले विमानस्थलको सुरक्षा, क्षमता, र परिचालन दक्षता सुधार गर्ने विश्वास लिएको छ ।

नयाँ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनको निर्माण पछि लुम्बिनी र वरपरका क्षेत्रीय पर्यटनलाई बृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको बैंकका वरिष्ठ यातायात विशेषज्ञ काई वी येओले बताएका छन् ।

ऋण सहयोगको रकमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समानान्तर ट्याक्सी वे विस्तार, ह्याङगर , एप्रोन निर्माण गरिनेछ । यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवनको क्षमता अभिवृद्धि गर्न सहयोग पुर्याउनेछ । ।


पुष्प दुलाल