अब मोवाइल वालेट बैंकिङमा पनि ब्याजदर पाइने, सेञ्चुरीले शुरु गर्यो यस्तो सुविधा



काठमाडौं । अब मोवाइल वालेट बैंकिङ गर्दा पनि ब्याज पाइने भएको छ । सेञ्चुरी कमर्शियल बैंकले यस्तो सुविधाको शुरुवात गरेको हो ।

बैंकले डिजिटल बैंकिङलाई अझै सहज बनाउने प्रयास स्वरुप ग्राहकको सेवालाई ध्यानमा राखी सेञ्चुरी सहज खाता र सेञ्चुरी क्लीक एकाउन्ट नामक दुई प्रकारका अनलाइन एकाउन्ट सेवा शुरु गरेको छ ।

ग्राहकहरुले घरमै बसेर शुन्य मौज्दातमा खोल्न सकिने उक्त खातामा बैंकले वार्षिक ५.५० प्रतिशतका दरले त्रैमासिकरुपमा ब्याज भुक्तानी गर्ने छ ।

बचत खातामा उच्चतम प्रतिफलका साथ खोल्न मिल्ने उक्त खाताहरु डिजिटल्ली खुल्ने र ग्राहकहरु बैंकमा उपस्थित हुन नपर्ने हुदाँ डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै उक्त बचत खाताहरुमा प्रबर्धनको निम्ति बढी ब्याजदर दिइएको बैंकले जनाएको छ ।

सेञ्चुरी सहज खातामा नयाँ ग्राहकले खाता खोल्नको साथै उक्त खातामा तुरुन्तै पैसा जम्मा गरी सेन्चुरी पे मार्फत् वालेटको कारोबार समेत गर्न सकिनेछ । यस नयाँ सेवामार्फत ग्राहकवर्गहरुले विभिन्न डिजिटल माध्यमबाट प्रतिदिन ५ हजार रुपैयाँ बराबर नगदरहित कारोबार गर्न सक्नेछन् ।

उक्त खातामा वार्षिक १ लाख रुपैयाँसम्म कारोवार गर्न सकिनेछ ।

सेञ्चुरी क्लिक एकाउन्ट मा नयाँ ग्राहकले अनलाइन बाटै खाता खोल्नको साथै उक्त खातामा तुरुन्तै पैसा जम्मा गर्न सकिन्छ । उक्त खातामा वार्षिक १५ लाख रुपैयाँसम्म कारोबार गर्न सकिनेछ ।

विशेषगरी विदेशमा रहेका नेपालीहरुलाई लक्षित गरि बैंकले यो खाता संचालनमा ल्याएको बैंकले जनाएको छ ।

उक्त खाताहरु खोल्दा आवश्यक भेरिफिकेशन कोड बैंकले आधिकारिक मोबाइलमा वा ईमेलमा उपलब्ध गराउने र सहजै खाता खोल्न र संचालन गर्न सकिनेछ ।

बैंकको अनलाइन एकाउन्ट सेवा https://onlineaccount.centurybank.com.np/ बाट लिन सकिने छ ।


पुष्प दुलाल