कोरोना महामारीबीच १२ सयले लिए नयाँ श्रम स्वीकृती



काठमाडौं । कोरोना महामारीपछि वैदेशिक रोजगारीका लागि विभिन्न देश जानका लागि १ हजार २ सयले श्रम स्वीकृति लिएका छन् ।

नेपालीहरूको मुख्य गन्तव्य बनेको मुलुकहरूमा नियमित उडान तथा नयाँ माग प्रमाणीकरण हुन नसकेका बेला पनि विदेश पलायन हुन नयाँ श्रम स्वीकृति लिएका हुन् ।

कोरोना महामारीका कारण निकै प्रभावित भएको वैदेशिक रोजगार एक महिनामै १२ सय ३५ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् । उक्त संख्या कोरोनापछि चालु आवको सबैभन्दा बढी श्रम स्वीकृति लिएको तथ्याङ्क हो ।

कोरोनाले गर्दा आवतजावतको निकै कठिन भएको अवस्थाले गर्दा असोज २९ सम्ममा व्यक्तिगत तथा संस्थागततर्फबाट ८ सय ७८ जनाले मात्रै नयाँ श्रम स्वीकृति लिएका थिए ।

त्यस्तै असोजदेखि कार्तिक महिनासम्ममा ६ हजार ८६ जनाले पुनः श्रम स्वीकृती लिएका छन् भने चालु आवको असोजसम्ममा ९ हजार ४ सय ९८ जनाले पुनः श्रम स्वीकृती लिएका छन् ।

त्यसैगरी एक महिनामा २७० बैधानिक रुपमा विदेशिएका छन् । त्यस्तै, चालु आवको असोजसम्ममा ५ सय ५९ श्रमिक बैधानिकरुपमा विदेशिएको श्रम मन्त्रालयले जनाएको छ ।

यसैगरी श्रम मन्त्रालयले सार्वजनिक गरेको विवरणमा वैदेशिक रोजगार विभाग तर्फबाट ४ वटा म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार न्यायधिकरणमा दर्ता भएको मुद्दा÷दण्ड जरिवाना गरिएको छ । विभागमा २२ वटा उजुरी दर्ता भएको थियो भने ३ वटा उजुरी फछ्यौट गरेका छन् ।


क्लिकमान्डु