घरमै यसरी बनाउनुहोस् झिलिमिलि बत्ति



काठमाडौं । विशेष गरी तिहारलाई उज्यालोको पर्वका रुपमा लिइन्छ । घरमा झिलिमिली बत्ती बाल्ने चाहना सबैलाई हुन्छ नै ।

किनकी तिहारको विशेषता नै यही हो । बजारमा अनेकथरी बत्ती त पाइन्छ नै । तर कोरोनाका कारण तपाईले खोजेको जस्तो राम्रो र टिकाउन खालको बत्ती भने नपाइन पनि सक्छ ।

नेपालमा विशेष गरी चिनियाँ बजारबाट आयात गरिएका झिलिमिली बत्ती पाइन्छन् । कतिपय बत्ती त तिहारभरका लागि समेत नचल्ने खालका हुन्छन् । एकातिर पैसाको नाश अर्को तिर टिकाउको अभावका कारण पनि त्यस्ता बत्तीमा तपाईको ध्यान नजान पनि सक्छ ।

शुक्रबारदेखि नेपालीको घर घरमा तिहार आइसकेको छ । शुक्रबार सकारात्मक खबरको संवाहक कागको पूजा गरिएको छ । शनिबार कुकुरको पूजा गर्ने प्रचलन छ ।

बत्तीको पर्वलाई अझ राम्रो बनाउन सकिन्छ । किनकी नेपाल विद्युत् प्राधिरकणले कुनै प्राविधिक समस्या बाहेक पूर्ण रुपमा विद्युत् उपलब्ध गराउने बताएको छ ।

तपाईले सामान्य मेहनत गर्नुभयो भने सहजै रुपमा घरमा नै झिलिमिली बत्ती बनाउन सक्नुहुन्छ । त्यसका लागि केही सामान्य उपायको बारेमा जानकारी दिने प्रयास गरिएको छ ।

पछिल्ला दिनमा सहजै रुपमा उपलब्ध भएका सामग्रीको प्रयोग गरेर त्यस्ता बत्ती बनाउन सकिन्छ । तपाईले केही सामग्रीको जोहो गर्नुपर्ने हुन्छ । त्यसबाट तपाईको घर पनि चम्किनेछ भने तिहार आए जस्तो पनि देखिन्छ ।

बत्तीको लम्बाई अनुसार तपाईले डायोड एलइडी ल्याउनुपर्ने हुन्छ । साना र मसिना आकारका एलइडी बजारमा जताततै पाइन्छ । यस्तै पारदर्शी खालको पाइप पनि आवश्यक पर्दछ ।  यस्तै चार्ज गर्न मिल्ने ४ भोल्टको व्याट्री पनि जरुरी पर्दछ ।

यस्तै विद्युतीय तार तपाईलाई के कति मात्रामा चाहिएको हो र कति लामो चाहिएको हो, सोही आधारमा तयार गर्न सकिन्छ । यस्तै तार जोडनका लागि टेपको आवश्यकता पर्दछ ।

एलइडी लाइटका लागि बजारमा सहजै रुपमा सबै प्रकारका सामान पाइन्छन् । यस्तै विभिन्न सामान उपलब्ध गराउने अनलाइन तथा पसलबाट पनि तपाईले ती सामान मगाउन सक्नुहुन्छ ।

भारतमा यस्ता सामान अमेजन इन्डियामा सहजै रुपमा उपलब्ध हुने गरेको छ । कूल ५ एमएमको ३०० डायोड एलइडीको बण्डल करिब ५०० रुपैयाँमा बजारमा पाइन्छ । यस्तै ४ भोल्टको चार्ज गर्न सकिने व्याट्री पनि पाइन्छ ।

त्यस्तो व्याट्रीको मूल्यमा ३५० रुपैयाँ भन्दा बढी पर्दैन । यस्तै विद्युतीय तारको खासै महंगो मूल्य पर्दैन ।

कसरी बनाउने बत्ती

पहिलो चरणमा रंगीन एलइडी बत्ती बनाउनका लागि तपाईलाई केही एलइडी डायोडको आवश्यकता पर्दछ ।

कुन रंगको छान्ने भन्ने कुरा तपाईलाई कुन मन पर्दछ भन्ने कुराले निर्धारण गर्दछ । त्यो आफै तय गर्नुस । पावरका लागि ४ भोल्ट वा १.० एम्पियरको चार्ज गर्न सकिने व्याट्री चाहिन्छ ।

यसमा प्राधिकरणले दिने बिजुलीको आवश्यकता पर्दैन । त्यसकारण पनि यस्तो बत्ती थप सुरक्षित हुन्छ । तपाईले सबै डायोड एलइडीको दुवै एल्मुनियम तार थोरै काटन सक्नुहुन्छ ।

किनकी त्यसलाई तपाईले राम्रोसँग जोडन सक्नुहुन्छ । त्यसपछि तपाईले अब डायोड एलइडीको सानो तारको मद्दत लिएर जोडन सक्नुहुन्छ । जोड्दा खेरी होसियारीपूर्वक जोडनुस ।

पाँचौ चरणमा तपाईले त्यही तारलाई दोस्रो छेऊमा जोडनुस । कालोको कालोमा र रातोको रातोमा मिलाएर जोडनुस । जोडिएको ठाँउमा पारदर्शी टेप लगाउन सक्नुहुन्छ ।

अब तपाईको साथमा एउटा लामो तारको सिरिज बन्दै जानेछ । यस्तै अब तपाईले प्लास्टिकको पाइपमा उक्त सिररिजलाई पारदर्शी पाइपमा राख्नुस । यस्तै कुनै बोत्तलको क्यामा त्यसलाई छेडेर त्यसलाई घुसाउन पनि सक्नुहुन्छ ।

उक्त तारलाई पाइपबाट बाहिर निस्केको छेऊलाई चार्ज गर्न सकिने व्याट्रीमा जोडनुस । एलइडी बत्ती बल्न थाल्छ । त्यसका लागि खासै ठूलो मेहनत भने पर्दैन । तर ध्यान भने दिनु अवश्य नै पर्नेछ । दैनिक भास्करबाट 


पुष्प दुलाल