तिहारको माहोलले सुनचाँदी व्यवसायीमा उत्साह बढ्यो, महिनौंपछि पसलमा भीडभाड



काठमाडौं । आज देशभर धनतेरस मनाइँदै छ । यसदिन विशेषगरी सुनचाँदी वा धातुका सामाग्री किन्नको लागि शुभ मानिन्छ ।

तिहारको पहिलो दिन धनतेरसमा बहुमुल्य वस्तु खरिद गर्ने गर्दछ । हिन्दू परम्पराका अनुसार धनतेरसका दिन यस्ता बहुमूल्य वस्तु खरिद गर्ने व्यक्तिको घरमा बर्ष दिनभरी नै धनका देवता कुवेर र माता लक्ष्मीको आशीष रहन्छ ।

यसदिन धन जोड्नु शुभ मानिनाले सुन, चाँदी, तामा वा अन्य धातुका सामग्री किन्न बजारमा घुइँचो लाग्ने गर्छ । धनतेरसका दिन जोडेको सामानले लक्ष्मीपूजा गर्नु शुभ मानिन्छ ।

यस्तै, सुनचाँदी खरिद गर्न सक्नेले सुनचाँदी खरिद गर्छन् भने अन्य मानिसले धातु तथा तामाको सामान खरिद गर्ने गर्दछ ।

तर, कोरोना महामारीले थलिएको बजारमा विगतको वर्षको जस्तो उत्साह नरहेको व्यवसायीहरूले बताएका छन् । विगतको दिनमा धनतेरस आउनुभन्दा एक हप्ता अगाडिदेखि नै बजारमा सुन, चाँदी तथा तामा पसलहरूमा भीड हुन्थ्यो ।
तर, यो वर्ष करिब ५० प्रतिशतले ग्राहक कम भएको व्यवसायीहरूको भनाइ छ ।

कोरोनाको समयमा पनि मानिसको भीड बढेता पनि व्यापार भने कम भएको पञ्चकन्या ज्वेलरीका सञ्चालक सुजन श्रेष्ठ बताउँछन् । उनका अनुसार गत वर्षको तुलनामा धनतेरसको समयमा ५० प्रतिशतले घटेको बताए ।

गत वर्ष तिहारको माहोलमा करिब २५ केजीसम्म चाँदीको व्यापार गरेको थियो भने यो वर्ष करिब १० केजी व्यापार गर्न पनि निकै मुस्किल भएको उनले बताए ।

त्यसैगरी नमस्ते नेपाल गोल्ड सिल्भर प्यालेसका सञ्चालक राजन विकका अनुसार विगत २÷३ दिनदेखि सुनचाँदी पसलमा चहलपहल बढेको र व्यापार हुन थालेको बताए ।

तर, विगतको जस्तो सुन चाँदी पसलमा भीड भने ५० प्रतिशतले कम भएको उनी बताउँछन् । साथै, व्यापार पनि ५० प्रतिशतले घटेको उनले बताए ।

‘गत वर्ष करिब एक हप्ता अगाडिबाटै अर्डर तथा महंगो सामान खरिद गथ्र्यो,’ उनले क्लिकमान्डूसँग भने, ‘तर, यो वर्ष ग्राहकको भीड कमसँगै कम मूल्यको मूल्य पर्ने सामाग्री खरिद गरेको छ ।’

करिब लामो समयको बन्दाबन्दीले बजारमा केही चहलपहलले गर्दा यस क्षेत्रमा पनि केही उत्साह छाएको उनी बताउँछन् ।

तिहारमा सुनभन्दा पनि चाँदी बढी बिक्री हुने भएकाले विगतको वर्षहरूमा उनले करिब १० केजीभन्दा बढी चाँदीका सिक्का, कचौरा, थाल, करुवा, घन्टी, गणेश लक्ष्मीका मुर्ति तथा अन्य सजावटका सामान बिक्री गरेको थियो ।

यस्तै यो वर्ष पनि उनले हालसम्ममा करिब ४ केजी चाँदीको सामान बिक्री गरिसकेको उनले बताए । साथै, बेलुका तथा भोलिसम्ममा करिब ५ केजी चाँदी बिक्री गर्ने अपेक्षा राखेका छन् ।

५० प्रतिशतले घट्यो व्यापार

कोरोनाले महामारीले थलिएको बजारमा तिहारले गर्दा सुनचाँदी व्यवसायीलाई केही उत्साह बनाएको छ ।  तर, व्यापार भने विगतको तुलनामा ५० प्रतिशतले घट्ने नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

विगतको दिनमा ठप्प भएको व्यापारमा ३÷४ दिनदेखि सुनचाँदी पसलमा भीडका साथै व्यापार हुन थालेको महासंघका पूर्व अध्यक्ष मनिरत्न शाक्य बताउँछन् ।

‘तीज तथा दशैंमा सुनचाँदी पसलको व्यापार १५ प्रतिशतले पनि हुन सकेन,’ उनले भने, ‘तिहार अगाडिको बजारले व्यवसायीलाई आशा जगाएको छ ।’

सामान्य अवस्था भएको बेलामा तिहार आउनुभन्दा एक हप्ता अगाडिदेखि दैनिक देशभर ३ हजार केजी हाराहारीमा सुनचाँदी खपत हुन्थ्यो ।

तर, यो वर्ष एक हप्तादेखिनै बजारमा व्यापार नभएतापनि दुई दिन अगाडिदेखि देशभर करिब १५ सय केजीको हाराहारीमा दैनिक व्यापार गरिरहेको उनले बताए ।

अहिले चाँदीको मूल्य पनि त्यति धेरै नबढेको हुनाले चाँदीको बजार भने बिउँतिएको उनले बताए ।

तिहारकै माहोल भएता पनि कोभिडको भ्याक्सिनको परिक्षण भएसँगै बजारमा सुन तथा चाँदीको मूल्य घटेका हुनाले उपभोक्तालाई सुलभ हुने दाबी गरे ।

यो अवधिमा सुनको व्यापार भने १० देखि १५ प्रतिशत व्यापार हुन्छ भने बाँकी ८५ प्रतिशत चाँदीको हुने गरेको उनको भनाइ छ ।

कालीगढको समस्या

कोरोनाको समय भएका कारण बजारमा भने चाँदीका सामाग्री बनाउने कालीगढको समस्या देखिएको अध्यक्ष शाक्य बताउँछन् ।

नेपालमा चाँदीको सामाग्री बनाउने ८० प्रतिशत नेपाली कालीगढ रहेको छ भने बाँकी २० प्रतिशत भारतीय कालीगढ रहेको छ ।

बजारमा विगतको दिनमा मानिसको क्रय क्षमता घटेसँगै कालीगढहरू लकडाउनको समयमा आफ्ना गृहजिल्ला फर्केका छन् । कतिपय फर्के भने कतिपय फर्केका छैनन् । यसले गर्दा चाहिएको बेलामा कालीगढको समस्या भएको उनी बताउँछन् ।

तर, सुनमा भने ठ्याक्कै उल्टो रहेको छ । जसमा २ण् प्रतिशत कालीगढ नेपाली हुन्छ भने ८० प्रतिशत सुन बनाउनले कालीगढ भारतीय हुने गर्दछ ।

त्यसैगरी, एकातिर कालीगढको समस्या देखिएको छ भने अर्को तिर अहिले व्यापार हुने माहोलमा भनेजति चाँदी नपाउँदा पनि समस्या भइरहेको उनले बताए ।


पुष्प दुलाल