नगरकोट र लुम्बिनी हब प्रोजेक्टः एकैठाउँमा अपार्टमेन्ट, होटल, मल्टिप्लेक्सदेखि सपिङ मल



काठमाडौं । नगरकोट र लुम्बिनीमा सुविधासम्पन्न अपार्टमेन्ट, सपिङ कम्पलेक्स, मुभि थिएटर, रेस्टुरेन्ट, मनोरञ्जन पार्क, स्विमिङ पुल, हेल्थ क्लबलगायत रहने गरी बृहत् परियोजना बनाउन लागिएको छ ।

रियलस्टेट, पूर्वाधार तथा जलविद्युतमा लगानी गरिरहेको व्यावसायिक घराना सीई ग्रुपले भक्तपुरमा ‘हब नगरकोट’ र लम्बीनीमा ‘हब लुम्बिनी’ बनाउन लागेको हो ।

सीईसँग एस होटल समुहले साझेदारी गरेको छ ।

‘हब नगरकोट’ ललितपुरको पुरानो शहर ‘पाटन स्ट्रिट’को थिममा हुनेछ । त्यहाँ छिर्दा झट्ट पाटनको गल्लीतिर छिरेको महसुस हुनेछ । अर्थात् पाटनको हेरिटेज इतिहासलाई नगरकोटमा जीबन्त रूपमा उतारिने छ ।

पहिलो चरणमा २४ रोपनी क्षेत्रफलमा हब नगरकोट बन्दै छ । क्लब हिमालय रिसोर्टको सीधै तल हब नगरकोट बन्नेछ ।

आन्त्रिक पर्यटन प्रवद्र्धन गर्न र ऐतिहासिकर सम्पदालाई जीबन्त राख्न हब निर्माण गर्न लागिएको हो । हब भित्र घर किनेर बस्न पनि पाइनेछ । नगरकोट हबमा लगानीकर्ताको खोजी भइरहेको छ । कति लगानी हुन्छ भनेर यकिन गरिएको छैन ।

त्यस्तै, लुम्बिनीमा ७ बिगाहा क्षेत्रफलमा ८ अर्ब रुपैयाँको लगानीमा हब लुम्बीनी निर्माण गरिने छ ।

पहिलो चरणमा लुम्बिनीमा ३२ अपार्टमेन्ट निर्माण गर्ने लक्ष्य राखिएको छ । सबै अपार्टमेन्ट निर्माण सुरु नहुँदै बिक्री भइसकेका छन् । यो परियोजना भैरहवा विमानस्थलबाट १३ किलोमिटर र लुम्बिनीबाट दुई किलोमिटर दूरीमा पर्छ ।


पुष्प दुलाल