स्ट्याण्डर्ड चार्टर्ड बैंकले प्रस्ताव गरेको लाभांश बाड्न राष्ट्र बैंकले अनुमति नदिने



काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले लगानीकर्तालाई प्रस्ताव गरेको लाभांशलाई नेपाल राष्ट्र बैंकले अनुमति नदिने भएको छ ।

बैंकले आर्थिक वर्ष २०७६/०७७ को वितरणयोग्य नाफाबाट ७ प्रतिशत बोनस र ४.८४ प्रतिशत नगदसहित ११.८४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव राष्ट्र बैंकको निर्देशन अनुसार नहुने भएकोले बैैंकको लाभांश प्रस्ताव अस्विकार हुने भएको छ । बैंकले लाभांश घोषणा गर्दा बोसर सेयर ७० र नगद ३० अर्थात बोनस र नगदको अनुपात ७०ः३० भित्र कायम गर्नु भनेको छ । तर बैंकले गरेको प्रस्ताव ७०ः३० अनुसार नहुने भएपछि उक्त प्रस्ताव राष्ट्र बैंंकबाट फिर्ता हुने छ ।

स्ट्याण्डर्ड चार्टर्डलाई ‘स्ट्याण्डर्ड’ जोगाउने चुनौती, व्यवसाय विस्तार सुस्त, लाभांश पनि इतिहासकै कम

बैंकले हाल गरेको लाभांश अनुपातमा नगद ३.५५२ र बोनस ८.२८८ प्रतिशत हुन आउँछ यो भनेको नगद लाभांशको अनुपात ४०.८७ प्रतिशत हुन्छ ।

यसर्थ बैंकको बोनस र नगदको लाभांश अनुपातमा बोनस ५९ः१३ र नगद ४०ः८७ अनुपातमा रहेको छ ।

राष्ट्र बैंक स्रोतका अनुसार केन्द्रिय बैंकको निर्देशन भन्दा बाहिर कुनै बैंक पनि जान सक्दैनन्, चार्टर्डले पनि राष्ट्र बैंकको निर्देशन विपरित लाभांश घोषणा गरेको हो भने त्यो पारित हुँदैन ।


क्लिकमान्डु