किन उत्तेजक अभिव्यक्ति दिँदै छन् ट्रम्प



टक्सन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मतदानको दिन नजिकिदै जाँदा सवैतिर थप आक्रामक देखिदै आएका छन् ।

अमेरिकी उच्च ओहोदामा रहेका र अति सम्मान गरिने विज्ञ डा। एन्थोनी फाउचीप्रति उनले सोमबार आक्रोस व्यक्त गरेका हुन् ।

देशको पश्चिमी क्षेत्रको भ्रमणको तेस्रो दिनमा उनले चुनावी अभियानका क्रममा भोगेकामध्ये सवैभन्दा नराम्रो दवाव भोग्नु प¥यो । चुनावी अभियानका क्रममा उहाँले विवादास्पद र कतिपयले अति मन नपराउने अभिव्यक्तिहरु दिएका छन् ।

उनले फाउचीलगायतका विज्ञहरुमाथिको उनको अभिव्यक्ति सवैभन्दा विवादास्पद अभिव्यक्ति भएको छ । उच्च तहका विज्ञ फाउचीलाई उनले टिभीमा ज्यादै बोलिरहने र देश र जनतालाई भाँड्ने सरकारलाई असहयोग गर्ने पात्रको रुपमा चित्रित गरेका छन् ।

‘फाउची र उनीहरु जस्तै अरु धेरैका कुरा सुन्दा सुन्दा जनता आजित भइसकेका छन्, उनीहरु आफैमा प्रकोप हुन, उनीहरुका कारणले नै यहाँको अवस्था विग्रिएको हो ’ ट्रम्पले भने ।

त्यसैगरी कोरोनाभाइरसका बारेमा उनले दिएको अभिव्यक्ति पनि आलोचित भइरहेको छ ।

‘म डराएको आत्तिएको छैन,’ टक्सन, अरिजोनालगायतका क्षेत्रमा जानुअघि पत्रकारहरुसँग उनले भने ।

‘मलाई लाग्छ म आक्रामक रुपमा दौडिरहेको छु, म धेरै खुशी पनि छु, मैले राम्रो गरिरहेको छु र म सन्तोषजनक अवस्थामा छु,’ उनले भने ।

उनले आफुहरुले जित्ने विश्वास र आधार देखिएको दावी गर्दै आफ्नो फेरि जित हुने देखेर केही समूहहरु आत्तिएको टिप्पणी पनि गरे ।

उनले यसअघि सन् २०१६ मा चुनाव लडेको बेलामाभन्दा अहिले सहज महसुस गरिरहेको र अहिले आफुहरु ठिक अवस्थामा रहेको पनि बताए ।


पुष्प दुलाल