सेती नदी जलविद्युत् आयोजनाको जुट्यो लगानी



काठमाडौं ।कास्कीमा आयोजना स्थल रहेको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाका लागि वित्तीय सम्झौता भएको छ ।

आयोजनाको प्रवर्दक भिजन लुम्बिनी ऊर्जा विकास कम्पनी र ऋण लकगानीकर्ता बैंक तथा वित्तीय संस्थाका तर्फबाट बहुपक्षीय वित्तीय सहयोग सम्बन्धी सम्झौतामा बिहिबार हस्ताक्षर भएको हो ।

आयोजनामा एनएमबी बैंकले २ अर्ब २० करोड, कर्मचारी सञ्चय कोषले ८० करोड र कृषि विकास बैंकले ५० करोड गरी कूल ३ अर्ब ५० करोड लगानी गर्ने भएका छन् ।

आयोजनाको कूल लागत मध्ये ७० प्रतिशतले हुन आउने रकम बैंक तथा वित्तीय संस्थाबाट जुटाइएको छ भने बाँकी ३० प्रतिशत १ अर्ब ५० करोड रकम प्रवर्दकका तर्फबाट लगानी गरिनेछ । आयोजनाको कूल लागत ५ अर्ब छ ।

आयोजनामा नेपालका मुख्य शहरका प्रतिष्ठित व्यापारिक घरानाका अलावा कास्कीका स्थानीयबासीले समेत सेयरधनीका रुपमा लगानी गर्ने छन् ।

भौतिक निर्माणको काम शुरु भइसकेको सो आयोजनाको मुख्य निर्माण कार्य आगामी २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको भिजन लुम्बिनी ऊर्जा कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरलेले जानकारी दिए । उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको लाहाचोक सव स्टेशनमा जोडिनेछ ।


पुष्प दुलाल