नागरिक लगानी कोषले साढे १२ अर्ब मुद्दती निक्षेपमा राख्ने



काठमाडौं । नागरिक लगानी कोषले १२ अर्ब ५६ करोड ३ लाख बराबरको रकम मुद्दती निक्षेपमा राख्ने भएको छ ।

कोषले शुक्रबार एक सूचना मार्फत उक्त परिमाणको रकम मुद्दती निक्षेपमा राख्न लागेको जनाएको हो ।

नेपाल राष्ट्र बैंकबाट क वर्गका वाणिज्य बैंकका १ देखि २ वर्षसम्म मुद्दती निक्षेपमा राख्ने योजना अनुसार सूचना प्रकाशित गरिएको नागरिक लगानी कोषले जानकारी दिएको छ ।

कोषले आफूले लिन चाहेको रकम, ब्याजदर तथा ब्याज भुक्तानी गर्ने समयावधि उल्लेख गरी शिलबन्दी प्रस्ताव बुझाउन आग्रह गरेको छ ।

कोषले आगामी कात्तिक २ गते भित्र प्रस्ताव बुझाउन भनेको छ । कोषले पटक पटक आफूले जम्मा गरेको रकम मुद्दती निक्षेपमा राख्दै आएको छ ।


पुष्प दुलाल