यी हुन् भारतका सबैभन्दा बढी तलब सुविधा लिने १० सिइओ, कस्को कति तलब ?



काठमाडौं । संसारभर नै नाम चलेका प्रमुख कार्यकारी अधिकृत (सिइओ) को सेवा सुविधा के कति होला ? भन्नेमा आम मानिसको जिज्ञासा रहनु स्वभाविक नै हुन्छ ।

नाम चलेको तथा भर्खर स्थापना भएका कम्पनीले आफ्नो व्यापार व्यवसाय विस्तारका लागि पनि कामकाजी प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्छन् । नेपालमा पनि नाम चलेका विभिन्न सार्वजनिक तथा निजी कम्पनीले बढी भन्दा बढी तलब तथा सुविधा दिएर प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेका हुन्छन् ।

यसै क्रममा यो समाचार सामग्रीमा हामी भारतका १० चर्चित (सिइओ)को के कति तलब सुविधा रहेको छ भन्ने बारेमा जानकारी दिने प्रयास गर्छौ । भारत एक विशाल देश हो । सांस्कृतिक, ऐतिहासिक तथा परम्परागत सम्पदाका कारण उक्त देशको संसारमा नै बेग्लै खालको पहिचान रहेको छ । सयौंका संख्यामा सफल व्यवसाय गर्दै आएका सिइओ भारतका कार्यरत छन् ।

शीर्ष १० प्रमुख कार्यकारी अधिकृतले उनीहरुले नेतृत्व गर्ने कम्पनीको नाम र ब्राण्डलाई सधै उच्च मात्रै बनाएका छैनन् । आफूलाई सफल व्यक्तिको रुपमा स्थापित समेत गरेका छन् ।

भारतको चर्चित विजनेश म्यागजिन ‘विजनेश कनेक्टले’ भारतका सफल सिइओको बारेमा जानकारी दिने प्रयत्न गरेको छ । कार्यकुशलता प्रयोग गरेर धनी समेत भएका ती सिइओ अन्य देश तथा व्यापारिक घरानाका लागि समेत उदाहरण बन्न सक्छ । भारतका सर्वाधिक धनी सिइओको विवरण दिँदा त्यसले अन्यलाई समेत सकारात्म्क प्रभाव पार्ने विश्वास लिइएको छ ।

 मुकेश अम्बानी

रिलायन्स ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख रहेका मुकेश अम्बानी सफल प्रमुख कार्यकारी अधिकृत हुन् । एशियाका सर्वाधिक धनी तथा संसारभरकै खर्बपतिको सूचीमा १० नम्बरमा आउने अम्बानीको नाम संसारका धेरै मानिसले सुनेका पक्कै पनि छन् ।

यो सूचीमा सर्वाधिक पेड सिइओको रुपमा उनै अम्बानी शीर्ष स्थानमा रहेका छन् । ऊक्त समूहको प्रमुख रहेका अम्बानीले वार्षिक १५ करोड डलर बराबरको तलब लिने गरेका छन् ।

गोपाल भित्तल

भारतका बढी तलब लिने सिइओको रुपमा छन् गोपाल भित्तल । उनी भारती एयरटेलका प्रमुख कार्यकारी हुन् । उनले भारतको टेलिकम्युनिकेशन क्षेत्रका गिनेचुनेका नाम हुन् । दूरसञ्चार सेवा प्रदायक एयरटेल कम्पनी भारतका ठूला मध्यको एक कम्पनी हो । सन् २०१७-१८ को विवरण अनुसार उनले १६९.७३ मिलियन वार्षिक रुपमा कमाउने गरेका छन् ।

सिपी गरनामी

टेक महिन्द्रा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सिपी गुरनामी तेस्रो व्यक्ति हुन् जसले सबैभन्दा बढी तलब तथा सुविधा लिने गरेका छन् ।
ठूलो संघर्षको फलका रुपमा उनले त्यो नाम र प्रतिष्ठा पाएका हुन् । मेहनत र लगनका कारण उनले त्यो प्रतिष्ठा पाएको सार्वजनिक रुपमा नै बताउने गरेका छन् । उनको वार्षिक कमाई १६५.६ करोड रहेको छ ।

एसएन सुब्रमन्यम्

लार्जन एण्ड टर्वोका प्रमुख कार्यकारी अधिकृत रहेका एसएन सुब्रमन्यमको पनि सफलताको ठूलो रहस्य रहेको छ । एल एण्ड टि कम्पनीलाई व्यावसायिक रुपमा अगाडि बढाउन तथा सफलताको शिखरमा पुर्याउन उनले खेलेको भूमिका अरुहरुका लागि समेत उदाहरणीय रहेको छ । उनले वार्षिक रुपमा ३१ करोडभारतीय मुद्रामा आम्दानी गर्ने गरेका छन् ।

 कलानिथी मारन

भारतको बढी तलब तथा सुविधा लिने व्यक्तिका रुपमा परिचित छन् कलानिथी मारन हुन् । युवा व्यवसायीका रुपमा परिचित उनी टेलिभिजन क्षेत्रका राजाका रुपमा समेत परिचित छन् । फोब्र्सले उनलाई उक्त उपाधी दिएको बताइन्छ । व्यवसायिक क्षेत्रमा उनलाई सफल व्यवसायीको रुपमा समेत लिइन्छ । उनले ७७.९ करोड बराबरको तलब तथा सुविधा लिने गरेका छन् ।

 पवन मुञ्जल

हिरो माटरकर्पका प्रबन्ध निर्देशक तथा प्रमसख कार्यकारी अधिकृत रहेका पवन उपभोक्तालाई केन्द्रमा राखेर काम गर्ने प्रमुख कार्यकारी अधिकृतका रुपमा परिचित छन् । सर्वाधिक तलब लिने प्रमुख कार्यकारी अधिकृतका रुपमा परिचित उनले आफूलाई असाध्यै धेरै परिश्रम गर्ने र मेहनती व्यवसायीका रुपमा समेत परिचित गराएका छन् । फोब्र्सका अनुसार उनले वार्षिक रुपमा ३.२ बिलियन तलब तथा सुविधा लिने गरेका छन् ।

 सलिल परेख
इन्फोसिसका प्रमुख कार्यकारी अधिकृत रहेको सलिल परेख भारतका सातौ नम्बरका धेरै कमाई गर्ने व्यवसायीका रुपमा समेत परिचित छन् । उनले आफ्नो मेहनत, इमानको बलमा आइटी क्षेत्रमा आफ्नो कम्पनीलाई नयाँ स्थानमा पुर्याएका छन् । उनले वार्षिक रुपमा ३५ करोड भारतीय रुपैयाँ बराबरको तलब तथा सुविधा लिने गरेका छन् ।

 सत्या नाडेला
माइक्रोसफ्ट इनिडाका प्रमुख कार्यकारी अधिकृत सत्या नाडेला आठौं नम्बरमा सबैभन्दा बडी तलब सुविधा लिने व्यक्तिका रुपमा दर्ज छन् । उनको कम्पनीले मोबाइल फोन, कम्प्युटर सफ्टवेयर, तथा आइटीको क्षेत्रका धेरै काम गरेका छन् । धेरै कमाउनेको सूचीमा रहेको सो कम्पनीका प्रमुख कार्यकारी अधिकृतले २५.८४ मिलियन डलर कमाउने गरेका छन् ।

योगेश चन्द्रर देभेसवर
आइटीसि क्षेत्रका नामी व्यक्तित्वका रुपमा परिचित योगेश कामलाई पूजा गर्ने, मेहनत इमान तथा काम नै सबै थोक हो भन्ने मान्यता राख्ने व्यक्तिका रुपमा परिचित छन् । सबैभन्दा लामा
समयदेखि सेवारत उनले मासिक १ करोड भारतीय मुद्रा बराबरको तलब तथा सुविधा लिने गरेका छन् ।

 गुन्टेर बट्चेक
टाटा मोटरका प्रमुख कार्यकारी अधिकृत गुन्टेर १० औं नम्बरका सर्वाधिक तलब तथा सुविधा लिने व्यक्ति हुन् । कम्पनीलाई सफल बनाउन उनले गरेको मेहनत आफैमा उदाहरणीय रहेको छ । उनले सवारी साधनको क्षेत्रका देखिने गरी काम गरेका छन् । विजनेश इन्डियाबाट भावानुवाद 


पुष्प दुलाल