सिटिजन्स बैंकका ग्राहकले डिल आयो डटकममा २५% सम्म क्यासब्याक हुने
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका ग्राहकहरुले डिल आयो डट कममा २५ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्ने भएका छन् ।
बैंकका डेबिट/क्रेडिट कार्डबाहकहरु, मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरु तथा, इन्टरनेट बैकिङ्ग प्रयोगकर्ताहरुले पस, क्यू आर तथा फण्ड ट्रान्सफरका माध्यमबाट डिल आयो डटकममा १ रुपैयाँभन्दा माथिको कारोबार गर्दा २५ प्रतिशतसम्म वा २५ सय रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्ने छन् ।
यो योजना यही कात्तिक ६ गते सम्म लागू हुने छ । नजिकिँदै गरेको महान चाड दशैलाई लक्षित गरि ल्याइएको यो योजना बाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने, डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने र कोभिड नियन्त्रण बिरुद्धको यात्रामा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १११ वटा शाखा, ९९ वटा एटिएम र १०४ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करिब साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
कोरोना भाइरसको महामारीबाट सम्पूर्ण विश्वनै आक्रान्त बनेको अवस्थामा यस बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानी पूर्वक आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको छ ।
यसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लगईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान र विदड्र सेवा, मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झटबाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनि गरेको छ ।
कोभिड १९ को त्रास अझै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहकलाई सकेसम्म बैंकमा नआइकनै बैकिङ्ग सुबिधा प्राप्त गर्न सहज होस् भन्ने उदेश्यले बैंकमा बचत खाता संचालन गर्दै आएका ग्राहकलाई बैंकको मोबाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, कार्डलगायतका विद्मुतिय भुक्तानीका माध्यमहरुमा पहिलो बर्षको शुल्क मिनाहा हुने व्यवस्थासमेत मिलाइएको छ ।