भारतको लक्ष्मी विलास बैंकको सञ्चालक समितिमा ३ जना मात्रै, साधारणसभाले हटाइदियो सिइओ




काठमाडौं । सामान्यतया बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिमा कति जाना होलान् ? नेपाल राष्ट्र बैंकले सञ्चालक समितिमा के कति जाना रहने भन्ने व्यवस्था पनि गरेको छ ।

यो विषय कानूनद्वारा निर्देशित हुने विषय पनि हो । नेपालको अभ्यासमा हेर्ने हो भने बैंकका सञ्चालक ९ जनासम्म रहने प्रावधान रहेको छ । कुनैले कम गर्लान् वा कुनैले बढी ? त्यो फरक कुरा हो ।

नागरिकको निक्षेपमा चल्ने बैंक तथा वित्तीय संस्थाका सञ्चालकका लागि समेत सबैभन्दा लोकतान्त्रिक मानिएको साधारणसभाले निर्णय गर्ने प्रावधान पनि छ ।

तर भारतमा भने हालै मात्र एक बैंकको ३ जना मात्रै सञ्चालक रहने प्रावधानसहितको व्यवस्थालाई त्यहाँको केन्द्रीय बैंकले स्वीकृति दिएको छ ।

लक्ष्मी विलास बैंकमा नयाँ व्यवस्था अनुसार अब मात्रै ३ जना स्वतन्त्र सञ्चालकले बैंकको नीति नियम तय गर्नेछन् र कार्यान्वयन गर्नेछन् । भारतको केन्द्रीय बैंक आरबिआईले उक्त व्यवस्थालाई स्वीकृति समेत दिएको छ ।

भारतीय सञ्चार माध्यमबा अनुसार सो बैंकमा मौता मखान सिओडी तथा अध्यक्षको रुपमा रहनेछन् ।

यस्तै शक्ति सिन्हा र सतिशकुमार कालरा सदस्यका रुपमा रहनेछन् । बैंकलाई कम भन्दा कम खर्चमा सञ्चालन गर्ने ध्येयका साथ सञ्चालक समिति समेत असाध्यै सानो संख्याको बनाइएको बताइएको छ ।

बैंकको सञ्चालक समितिमा १० जना रहने प्रस्ताव गरिएको थियो । बैंकको उक्त प्रस्तावलाई साधारणसभाले खारेज गरिदियो । जबकी ७ सदस्यको प्रस्ताव खारेज गरेर मात्रै ३ सदस्य रहने प्रस्ताव गरियो ।

सेयरधनीले साधारणसभामा बैंकको सञ्चालक समिति ठूलो हुन नहुने र त्यसमा आफूहरु सहमत नरहेको भन्दै प्रस्तावलाई अस्वीकार मात्रै गरेनन्, भारतको इतिहासमा नै सबैभन्दा कम सञ्चालक सदस्य रहने प्रावधान समेत लागू गराउन सफल भएका छन् ।

सो बैंकको सञ्चालन सञ्चालक समितिले गर्नेछ । भारतीय रिजर्ब बैंकले त्यसका लागि सहमति समेत दिएको छ । बैंकको सिओडीमा ३ जना मात्रै स्वतन्त्र सञ्चालक रहनेछन् ।

गत शुक्राबार २५ सेक्टेम्बरमा भएको साधारणसभाले ७ जना थप नयाँ सञ्चालक रहने प्रस्तावलाई पुनः खारेज गरिदिएको हो । सो समितिमा अन्तरिम एमडी तथा प्रमुख कार्यकारी अधिकृत एस सुन्दर समेत समावेश थिए । उनलाई समेत साधारणसभाले हटाइदिएको छ ।

सञ्चालक समितिमा १० सदस्यको नियुक्तिको प्रस्ताव गरिएको थियो । सिओडीले अब ३ जना मात्रै सञ्चालक रहनेछन् । उनीहरुको नियुक्तिको प्रस्तावलाई भने साधारणसभामा सहभागी सेयरधनीले स्वीकार गरेका छन् ।

बैंकका अनुसार अन्तरिम अवधिका लागि एमडीले नै प्रमुख कार्यकारी अधिकृतको अधिकार उपयोग गर्नेछन् । भारतीय रिजर्ब बैंकले आइतबार अर्थात् २७ सेक्टेम्बरमा बैंकको दैनिक गतिविधि सञ्चालनका लागि ३ जना स्वतन्त्र सञ्चालकले गर्ने गरी अनुमति दिएको छ ।

उक्त व्यवस्थाले भारतीय सेयर बजारमा बैंकको सेयर मूल्यमा कुनै प्रभाव नपर्ने बताएको छ । बैंकको एलसिआर २७ सेक्टेम्बरमा २६२ प्रतिशत थियो । जबकी आरबिआईले न्यूनतम १०० प्रतिशत निश्चित गरेको थियो ।

निक्षेपकर्ता, बाण्ड होल्डर्स, अकाण्ट होल्डर्स तथा कर्जादाता सबै सुरक्षित रहेको समेत जनाइएको छ । भारतको पछिल्लो व्यवस्थाबाट नेपालका बैंक तथा वित्तीय संस्थाले पनि केही सिक्न सक्लान् ? यो भने प्रतिक्षाको विषय बनेको छ ।

उक्त बैंकका सेयरधनीले बैंकका प्मुख कार्यकारी अधिकृतलाई समेत वर्खास्त गरिदिएका छन् । भर्खर मात्रै नियुक्त भएका प्रमुख कार्यकारी अधिकृत एस सुन्दरलाई समेत साधारणसभाबाटै हटाइएको हो ।


पुष्प दुलाल