अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुझाए जम्मा ७५० डलर कर



अमेरिकाको अखबार न्यूयोर्क टाइम्सका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ मा राष्ट्रपति निर्वाचन लड्ने वर्ष, त्यसभन्दा अघिल्लो वर्ष र ह्वाइट हाउस गएपछि जम्मा ७५० डलर आयकर बुझाएका छन् ।

न्यूयोर्क टाइम्सका अनुसार अखबारले ट्रम्पपको र उनका कम्पनीको २ दशकभन्दा धरै समय देशको आयकर रिटर्न तथ्यांक हासिल गरेको छ ।

अखबारले ट्रम्पले पछिल्लो १५ मध्ये १० वर्षमा कुनै पनि आयकर तिरेका छैनन् । रिपोर्टका अनुसार ती आँकडा अनुसार उनका कम्पनीहरु लगातार घाटामा गइरहेका छन् भने जसले गर्दा उनी वर्षौसम्म कर दिनबाट बचिरहेका छन् ।

ट्रम्पले उक्त रिपोर्टलाई ‘फेक न्यूज’ बताएका छन् ।

उनले आइतबार रिपोर्ट प्रकाशित भएपछि पत्रकारहरुसँग भने, ‘मैले कर भुक्तान गरेको छु र मेरो ट्याक्स रिटर्न अडिट भइरहेको छ, लामो समयदेखि अडिट भइरहेको छ ।’

ट्रम्पले भने, ‘आईआरएस (इन्टर्नल रेभिन्यू सर्भिस)को व्यवहार मसँग राम्रो छैन, उनीहरु मेसँग नराम्रो व्यवहार गर्छन ।’

ट्रम्पले आफ्नो व्यवसाय सम्बन्धित दस्तावेजका आधारमा साझा गर्नबाट भने अस्वीकार गर्दै आएका छन् ।

जसका कारण उनले कानूनी चुनौतीहरु पनि सामना गरिरहनु परेको छ ।

सन् १९७० पछि आफे ट्याक्स रिटर्न सार्वजनिक नगर्ने उनी अमेरिकाका पहिलो राष्ट्रपति हुन् । यद्यपि कानूनी रुपमा दस्तावेज जारी गर्न आवश्यक छैन ।

न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार उनीहरुलाई यो रिपोर्ट कानूनमा पहुँच राख्ने स्रोतबाट मिलेको हो ।

यो रिपोर्ट राष्ट्रपति ट्रम्पको आफ्नो प्रतिद्वन्द्वी जो जाइडनका साथ राष्ट्रपति निर्वाचनभन्दा पहिले हुने पहिलो बहसको केही दिन पहिले र नोभेम्बर ३ मा हुने तय भएको राष्ट्रपति निर्वाचनभन्दा केही साता अघि आएको हो ।

रिपोर्टमा के कस्ता दावी छन् ?

न्यूयोर्क टाइम्सका अनुसार राष्ट्रपति ट्रम्प तथा उनका कम्पनीहरुले सन् १९९० को दशकसम्म ट्याक्स रिटर्नका साथसाथै २०१६ र २०१७ मा निजीरिटर्नसँग जोडिएका जानकारीका समीक्षा गरेको थियो ।

रिपोर्ट अनुसार ट्रम्पले सन् २०१६ र २०१७ मा मात्रै ७५० डलर आयकर तिरेका छन् । जबकी पछिल्लो १५ वर्षमा १५ मध्ये १० वर्षसम्म कुनै पनि कर तिरेका छैनन् । यो नाफाभन्दा घाटा धेरै भएकाले भएको उल्लेख छ ।

राष्ट्रपति बन्ने समयसम्म ट्रम्पको पहिचान चर्चित व्यवसायीका रुपमा थियो । उनी प्रोपर्टी कारोबारको बादशाह समेत मानिन्थे ।

-बीबीसी


क्लिकमान्डु