सोल्टी होटलबाट हङकङको लगानीकर्ता बाहिरियो, पूर्वराजाको कम्पनीले ४८ करोडको सेयर किन्यो



काठमाडौं । सोल्टी होटलबाट विदेशी लगानीकर्ताले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गरेको छ । विदेशी कम्पनीको स्वामित्वमा रहेको सेयर पूर्वराजा ज्ञानेन्द्र शाहको परिवारमा स्वामित्व रहेको सोल्टी इन्टरप्राइजेजले उक्त सेयर किनेको छ ।

हङकङको कम्पनी ‘होलिडे इन्स इन्भेस्टमेण्ट लिमिटेड’ ले आफ्नो स्वामित्वमा रहेको ८४ लाख २५ हजार ७०६ कित्ता संस्थागत सेयर प्रतिकित्ता ५६ रुपैयाँ ६ पैसाका दरले ४७ करोड २३ लाख ४५ हजार रुपैयाँमा बिक्री गरेको हो ।

उक्त सेयर ३४ नम्बर ब्रोकरबाट बिक्री भएको छ भने ३३ नम्बर ब्रोकरबाट खरीद भएको छ ।

झण्डै एक वर्षअघि सोल्टी इन्टरप्राइजेज र इन्सबीच सेयर स्वामित्व बिक्रीका लागि सहमति पनि भएको थियो । त्यसयता उक्त सेयर डिम्याट खातामा लैजानु पर्ने भएकोले नै बल्क कारोबार भएको छ ।

अब विदेशी कम्पनीले आफ्नो लगानी हङकङ लैजानका लागि बाटो खुला भएको छ । उक्त कम्पनीले झण्डै दुई दशकअघि होटलको सेयरमा लगानी गरेको थियो । आइतबार होटल सोल्टीको सेयर मूल्य प्रतिकित्ता १९० रुपैयाँ रहेको छ ।

आइतबार सबै भन्दा बढी ४८ करोड ५६ लाख ५१ हजार ८७९ रुपैयाँको सेयर किनबेच भएको छ । यो दिन कारोबार रकमको आधारमा सोल्टी होलट अग्रस्थानमा रहेको छ ।


पुष्प दुलाल