दश मिनेटमा नै फूल चार्ज, ८५ किलोमिटर चल्ने विद्युतीय स्कुटर आउँदै



काठमाडौं । पछिल्ला दिनमा विद्यूतीय सवारी साधान निर्माण गर्ने र बजार कब्जा गर्ने होड संसारभर नै बढेको छ । सोही क्रममा भारतमा नयाँ विद्युतीय स्कुटर प्रारम्भिक रुपमा सार्वजनिक हुन लागेको छ ।

संसारभर नै विद्युतीय सवारी साधनमा लगानी गर्ने होडमा भारत समेत थपिएको छ ।

विद्युतीय बस, कार तथा अन्य सवारी साधन निर्माण भइरहेको बेला भारतमा हालसम्मकै राम्रो मानिएको विद्युतीय स्कुटर केही समयभित्रै सार्वजनिक हुने भएको छ ।

विश्व विख्यात अटो निर्माता कम्पनी टेस्लाले समेत आफूलाई विद्युतीय सवारी साधन निर्माता कम्पनीको रुपमा आफूलाई परिचित गराउँदै लगेको छ ।

जापानी, यूरोपियन कम्पनीहरुले समेत त्यसलाई रणनीतिक महत्व दिएर अगाडि बढाएका छन् ।

नयाँ स्कुटरको नाम दिइएको छ एथर ४५० एक्स ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार उक्त स्कुटर ३ दिन भित्रै सार्वजनिक हुने भएको छ ।

एक पटक चार्ज गरेपछि कूल ८५ किलोमिटर दौडने उक्त स्कुटरमा हाइटेक फिचर्स समेत रहेको जनाइएको छ ।

कम्पनीका अनुसार ब्याट्री पूर्ण रुपमा चार्ज गर्दा स्कुटरले राम्रो काम गर्ने छ । कम्पनीले व्यापारिक रुपमा उक्त स्कटुर आगामी जनवरीमा सार्वजनिक गर्ने जनाएको छ ।

मोबाइल एप मार्फत फोनमा कनेक्ट गरेर स्कुटरको अवस्था समेत थाहा पाउन सकिने बताइएको छ ।

कम्पनीले उक्त स्कुटर कलेक्टर एडिसनका लागि २५ सेप्टेम्बरमा सार्वजनिक गर्ने भएको छ । बेलगुरु बेस्ट एथर इनर्जी नामक कम्पनीले निर्माण गरेको स्कुटर कालो, हरियो र सेतो रंगमा आउने भएको छ ।

समाचारमा जनाइए अनुसार ४५० एक्सको मूल्य १ लाख ५९ हजार भारतीय रुपैयाँ राखिएको छ भने ४५० एक्स प्लसको मूल्य भने १ लाख ४८ हजार भारु रहेको छ ।

उक्त स्कुटरमा २.९ केडब्ल्यूएच ब्याट्री रहेको छ । त्यसमा ६ किलोवाटको विद्युतीय मोटर रहेको छ । ८ विएचपी पावर रहेको छ ।

कम्पनीका अनुसार ब्याट्री पूर्ण रुपमा चार्ज गर्दा ८५ किलोमिटर चल्ने भएको छ । त्यसमा राइड तथा इको दुई वटा मोड रहेको छ ।

इको मोडमा ८५ किलोमिटर र राइड मोडमा ७५ किलोमिटर चल्ने छ । उक्त स्कुटरको अधिकतम गति ८५ किलोमिटर प्रतिभण्टा रहेको छ । यसले ४० किलोमिटर प्रतिघण्टाको गति भने ३.३ सेकेण्डमा नै लिने छ ।

स्कुटरमा ७ इन्चको टचस्किन स्पिडोमिटर रहेको छ । यो १.३ गिगाहर्ज स्नेपड्रैगन प्रोसेसर, गुगल म्यापको समेत सर्पोट गर्नेछ । मोबाइल एपबाट कनेक्ट गर्न सकिनेछ ।

यसमा एन्ड्रोयड बेस्ट युजर इन्टरफेस समेत रहेको छ । त्यसमा डार्क मोड तथा ब्लूटुथ कनेक्टिभिटीको फिचर समेत रहेको छ ।

त्यसमा स्कुटर चलाइरहेको समयमा आउने फोन उठाउन वा काट्न समेत सकिने प्रविधि रहेको छ । त्यसमा साथ साथै घरमा चार्ज गर्नका लागि होम चार्जर समेत रहेको छ ।

कम्पनी आफैले चार्जर समेत जडान गरिदिनेछ । कूल १० मिनेटमा नै द्रूत चार्ज हुने प्रणाली समेत रहेको छ ।

पोर्टेवल चार्जर समेत उपलब्ध हुने भएकाले थप सहज हुने विश्वास लिइएको छ ।

त्यसमा फाइन्ड माइ स्कुटर, अटो टर्न अफ इन्डिकेटर, साइड स्ट्याण्ड सेन्सर तथा डिस्क ब्रेक फिचर समेत रहेको छ ।


पुष्प दुलाल