बिना मापदण्ड सिस्टम अडिट गर्दै नेप्से



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आफ्नो सिस्टमको अडिट गर्ने तयारीमा जुटेको छ । हरेक वर्ष गर्ने अडिट यो पटक भने टिएमएसमा देखिएको समस्यका कारण केही साताभित्रै अडिट गर्न लागेको नेप्सेले जानकारी गराएको छ ।

‘यो नियमित काम भएपनि टिएमएसमा आएको समस्याको कारण यो कामलाई प्राथमिकतामा राखेर अडिट हुन लागेको हो’ नेप्सेका एक अधिकारीले बताए ।

नेप्सेले आफ्नो सिस्टम अडिट गर्न लागेको भएपनि त्यसका लागि कसरी अडिट गर्ने भन्ने मापदण्ड नहुँदा समस्या देखिएको हो ।

मापदण्ड नभएका कारण के आधारमा, कुन विषयलाई प्राथमिकतामा राखेर अटिड गर्ने भन्ने विषयमा अन्योलता सृजना नेप्सेको अधिकारीको भनाइ छ ।

नेप्से स्रोतका अनुसार अडिट गर्दा के कुरालाई हेर्ने, के कुरालाई नहेर्ने भन्ने विषयमा अहिलेसम्म कुनै लिखित मापदण्ड नै छैन ।

‘मापदण्ड बनाउने काम माथिल्लो निकायको हो’ नेप्सेका एक अधिकारीले भने ‘नेप्से आफैले अडिट गर्दा यो हेर्नु, यो नहेर्नु भनेर भन्न मिल्दैन, नेप्सेले मापदण्ड बनाएको खण्डमा त्यहाँ भएका कमजोरी लुक्न सक्छ, त्यसैले यसको मापदण्ड तत्काल आवश्यक छ ।’ मापदण्ड नभएको कारण के आधारमा अडिट गर्ने भन्नेमा नै अन्योलता भएको हो ।

नेप्सेले सिस्टम अडिट गर्नका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्ने तयारीमा जुटेको छ तर कुन मापदण्डलाई टेकेर सिस्टम अडिट गर्ने भन्नेमा नै अन्योलता भने कायमै छ ।

अडिट गर्दा हार्डवयर, सफ्टवेयरका के–के कुरा हेर्ने, पारिश्रमिक कति लाग्ने भन्ने पनि मापदण्ड समेत बनेको छैन ।

यता बोर्डले सिस्टम अडिट गर्नका लागि के के हेर्नुपर्ने हो भनेर निर्देशिका बनिसकेको छैन ।

धितोपत्र बोर्डका सहप्रवक्ता रुपेश केसीका अनुसार बोर्डको ‘नेपाल धितोपत्र बोर्ड सूचना प्रविधि नीति, २०७६ मा भएको व्यवस्था अनुसार अडिट गर्न सकिने बताए ।

‘बजार प्रणाली र केन्द्रीय निक्षेप प्रणालीको संपरीक्षण ‘सिस्टम अडिट) गर्नुपर्ने व्यवस्था गरिनेछ । सफ्टवेयर विकास वा अधिग्रहण, प्राविधिक मूल्याङ्कन, पूर्व हस्तान्तरण निरीक्षणका लागि उपयुक्त मानक निर्धारण गरिनेछ’ भनेर उल्लेख गरिएको छ ।

यो नीति २०७६ साउनबाट कार्यान्वयनमा आएको हो । नीतिमा अडिट गर्नुपर्छ भनेपनि निर्देशिका वा कार्यविधि नबनेको कारण अडिट गर्दा के गर्ने, कुन विषयलाई बढी हेर्ने भनेर कतै पनि उल्लेख भएको छैन ।

उनका अनुसार केही समय अघि नेप्सेले पनि धितोपत्र बोर्डको आईटी पोलिसी बनाएर बोर्डमा पठाएको र बोर्डले त्यसमा सुझावसहित नेप्सेलाई नै पठाएको थियो । यसको सिस्टम अडिट गर्दा अन्तर्राष्ट्रिय अभ्यासको आधारमा सिस्टम अडिट गर्नुपर्ने बताए ।


क्लिकमान्डु