सेयर बजारमा सुधार, बैंकिङ समूहमा गिरावट आउँदा जलविद्युत कम्पनीको मूल्यमा सर्किट
काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजार मापन गर्ने सूचक ५.३६ अंकले बढेर १५४१.४० बिन्दुमा रोकिएको छ ।
१९४ कम्पनीको ६३ लाख ९० हजार ८३ कित्ता सेयर १ अर्ब ८४ करोड ५६ लाख ३४ हजार ३० रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा बैकिङ समूहको उपसूचक ४.५८ ले घट्दा होटल १४२.८१, जलविद्युत ५४.०९, निर्जीवन बीमा ४२.३७, जीवन बीमा समूहको उपसूचक ७२.१४ बिन्दुमा रोकिएको छ ।
कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । कम्पनीको ९ करोड ६१ लाख ९६ हजार २४६ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा नेपाल लाइफ इन्स्योरेन्स र नागरिक लगानी कोष रहेको छ ।
यो दिन तीन वटा कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ । जसमा सिनर्जी पावर, घलेम्दी हाईड्रो, बरुण हाईड्रोको सेयरमा सकारात्मक सर्किट लागेको हो ।
एनआरएन लघुवित्त वित्तीय संस्था, रिलायन्स लाईफ इन्स्योरेन्सको लगानीकर्ताले कमाएका छन् । गुमाउनेमा एनआईसी एसिया ब्यालेन्स फण्ड, लक्ष्मी इक्वीटी फण्ड, नेपाल फाइनान्स, नबिल ब्यालेन्स फण्ड-२ का लगानीकर्ता रहेका छन् ।