टिएमएसमा समस्याः अर्थमन्त्रालयको टोली नेप्से पुगेर तत्काल समाधान गर्न निर्देशन दियो



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) मा समस्या देखिएपछि अर्थ मन्त्रालयका सहसचिव र उपसचिव नेप्सेमा पुगेका छन् ।

मंगलबार नेप्सेमा अर्थमन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्य, उपसचिव उत्तम अर्याल पुगेका छन् । मन्त्रालयका सहसचिव र उपसचिव पुगेपछि नेप्सेका अधिकारी र नेप्सेको अनलाइन सिस्टम बनाउने वाइको प्रालिबीच छलफल भएको छ ।

प्रधानमन्त्री कार्यालयले टिएमएसमा देखिएको समस्या समाधानका गर्न अर्थ मन्त्रालयलाई बोलाएपछि मन्त्रालयका अधिकारी नेप्सेमा नै पुगेका हुन् । सोमबार मन्त्रालयमा नेप्से, धितोपत्र बोर्डसहित छलफल भएको थियो ।

त्यसलगत्तै मन्त्रालयका अधिकारीहरु अचानाक नेप्सेमा पुगको छन् । नेप्सेमा पुगेर उनीहरुले टिएमएसमा देखिएको समस्या तत्काल समाधान गर्नको लागि थप निर्देशन दिएका छन् ।

भदौ १४ गते, २५ गते र २७ गते के कारण टिएमएसमा भयो भनेर प्रश्न गरेका थिए । मन्त्रालयका अधिकारीले टिएमएसमा समस्या आउन नदिन के गर्न सकिन्छ ? यसको लागि तत्कालिन र दिर्धकालिन रुपमा के गर्न सकिन्छ ? भनेर प्रस्टिकरण सोधेका छन् । उनीहरुले बजारमा हुने कारोबारलाई नै अवरोध हुने गरी सिस्टम बन्द नगर्न पनि निर्देशन दिएका छन् ।

टिएमएसमा समस्याः वाइको र नेप्सेको गम्भीर लापर्बाहीले लाखौं लगानीकर्ता मारमा, ब्रोकरलाई हाइसन्चो

छलफलमा नेप्से र वाइकोले सिस्टममा देखिएको समस्याको बारेमा जानकारी गराए । छलफलमा सहभागीका अनुसार अनलाइनको सफ्टवेयर, हार्डवयेर, डेटा बेसको कारण केही समस्या देखिएको जानकारी गराइको छ । उनीहरुले हार्डवयेर, सफ्टवेयरमा थपघट गर्ने हो भने तत्काल त्यसमा ध्यान दिन आग्रह गरेका छन् ।

अर्थका अधिकारीहरुले नेप्सेको समग्र सिस्टममा अति आवश्यक भन्दा अन्य कुनै विषय लिंक गरेर समस्या सृजना भएको हो भने त्यसलाई जोडन हुने वा होइन भन्ने विषयमा नेप्से र यसको विज्ञलाई राखेर समस्याको तत्काल समाधान खोज्न पनि निर्देशन दिएका छन् ।

अहिले अनावश्य विषय लिंक गर्दा समस्या सृजना भएको हो भने त्यसलाई वैकल्पिक माध्यम खोजेर समस्याको तत्काल समाधान खोज्न पनि नेप्सेलाई निर्देशन दिएका छन् ।

सिस्टममा देखिएको समस्यमा समाधानको लागि तत्काल के गरिरहेको छ र दिर्धकालिन रुपमा के गर्न सकिन्छ ? हार्डवयेर र सफ्टवेयरमा के गर्न सकिन्छ भन्ने विषयमा गम्भिरताका साथ लिन पनि निर्देशन दिएका छन् ।

आगामी दिनमा यस्ता समस्या आएको सुन्न र देख्न नपर्ने गरी तत्काल काम गर्न पनि मन्त्रालयका अधिकारीले निर्देशन दिएका छन् ।

छलफलमा अनलाइन सुरु भएको १५ महिनाको अवधिमा २० हजारको हाराहारीमा भएका अनलाइन प्रयोग कर्ता ५,७ साता यता ८४ हजारको हाराहारीमा पुगेको र यसले ग्रोथको प्रोजेक्सनभन्दा चाँडै ग्रोथ भएका कारण सफ्टवेयरमा अपडेट गर्नुपर्ने विषय उठेको छ ।

छलफलमा नेप्सेको आइटी र वाइकोका अधिकारीहरुले अहिले भए गरेका कामको बारेमा पनि जानकारी गराएका छन् ।

सिस्टममा लोड हेरेर हार्डवेयर, सफ्टवेयर थप्नु पर्ने हो भने थप्न, अन्य आवश्यक पूर्वाधार थप्नको लागि काम भइरहेको नेप्सेले अर्थका अधिकारीहरुलाई जानकारी गराएका छन् ।

छलफलमा ब्रोकर कम्पनीको सिस्टममा मोनिटरिङ गर्नुपर्ने हो भने त्यसमा ध्यान दिन पनि नेप्सेलाई निर्देशन दिएको छ । उनीको सिस्टममा रिसोर्स थप्नु पर्ने हो वा अन्य के काम गर्नुपर्ने हो त्यसको लागि ब्रोकरलाई काम गर्न लगाउन पनि नेप्सेलाई निर्देशन दिएको छ ।


पुष्प दुलाल