तीन ठेकेदार कम्पनी कालोसूचीमा, को को परे ?



काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले थप ३ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ ।

तोकिए अनुसारको काम नगरेको पाइएपछि कार्यालयले ओबिसिआई प्रा लि ललितपुर, अरुण कन्स्ट्रक्सन र विटी टौदह फस्कु जेभीलाई कालोसूचीमा राखेको हो ।

ओबिसिआई प्रालिका प्रमुख सञ्चालक तुलहरि सिंह हुन भने अरुण कन्स्ट्रक्सनका प्रमुख अर्जुन शेर्पा हुन् ।

सो कम्पनीलाई १ वर्षसम्म कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । यस्तै, विटी दौटह फस्कु जेभीमा २ भिन्न कम्पनी रहेका छन् ।

त्यसमा विटी निर्माण सेवा बत्तिसपुतली र टौदह कन्स्ट्रक्स्न चाल्नाखेल रहेको छ । सो कम्पनीको प्मुख व्यक्ति खड्गबहादुर बुढाथोकी रहेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुमगन कार्यालयले सो ठेकेदार कम्पनीलाई २ वर्षका लागि कालोसूचीमा राखेको छ ।

उनीहरुलाई तोकिएको अवधिसम्म कुनै पनि सार्वजनिक खरिद वा निर्माण सेवामा भाग लिन नपाउने व्यवस्था गरिएको छ ।


पुष्प दुलाल