पूर्वपश्चिम रेलमार्गको ३२ अर्ब बराबरका ५४ वटा ठेक्का रद्द



काठमाडौं । रेल विभागले विवादित पूर्वपश्चिम रेलमार्गका ५४ वटा ठेक्का रद्द गरेको छ। रेल विभागले मंगलबार एक सूचना प्रकाशित गर्दै असार १४ र १७ गते आह्वान गरेका ठेक्का रद्द गरेको जानकारी दिएको हो ।

पूर्व–पश्चिम रेलमार्गअन्तर्गत लिक बिछ्याउने ट्रयाक बनाउन विभागले ३२ अर्बभन्दा बढी लागतमा बोलकबोल आह्वान गरेको थियो ।

निश्चित ठेकेदारलेमात्र पाउने गरि सेटिङमा ठेक्का दिइएको थियो । साथै, रेलमार्गमा पर्ने जग्गाको मुआब्जा विवादसमेत मिल्न नसक्दा उक्त ठेक्का विवादको चंगुलमा फसेको थियो ।

रेलको ठेक्काको विषयमा उच्च अदालत पाटनमा मुद्दासमेत परेको थोयो। उच्चले भने ठक्का प्रक्रिया अघि बढाउन सक्ने फैसला गरेको थियो। 


पुष्प दुलाल