मौद्रिक नीतिमा ७० प्रतिशत माग पुराः चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठ



काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले मौद्रिक नीतिमा आफुहरुले उठाएको ७० प्रतिशत माग पुरा भएको बताएका छन् ।

बजेटबाट निराश भएपनि मौद्रिक नीतिले उत्साहित बनाएको प्रतिक्रिया श्रेष्ठले क्लिकमाण्डूलाई दिए ।

‘कोभिडको कारण समस्या परेका व्यवसायीलाई ऋण तिर्ने समय पछाडि सारिएको छ,बढी प्रभावित व्यवसायलाई थप समय दिएको छ, जुन निकै नै सकारात्मक छ,’श्रेष्ठले भने ।

यस्तै तरलता बढाउनको लागि सीसीडीको सिमा ७५ प्रतिशत पुर्याएको सकारात्मक भएको बताए ।

यद्यपी ब्याजदर घटाउनको लागि स्प्रेडदर घटाउने निर्णय नलिएको र पुनरकर्जाको ब्याजदर समेत नघटको श्रेष्ठले बताए ।


क्लिकमान्डु