
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । बिहीबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.८७ अंकले बढेर २८२०.४४ बिन्दुमा रोकिएको छ ।
अघिल्लो कारोबार दिन बुधबार नेप्से ४६.७८ अंकले घटेको थियो भने मंगलबार पनि ३२.०८ अंकले संकुचित बनेको थियो ।
सोमबार भने नेप्से सकारात्मक सर्किट ब्रेक लाग्दै १६२ अंकको वृद्धिका साथ २८७५ बिन्दुमा कायम भएको थियो ।
बिहीबार नेप्सेमा कुल १४ अर्ब ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन बुधबार भने १२ अर्ब ९५ करोड रुपैयाँ माथिको कारोबार भएको थियो ।
बिहीबार कारोबारमा आएकामध्ये १७६ कम्पनीको सेयर मूल्य बढ्दा ७७ कम्पनीको घटेको छ । यस्तै, ९ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।







प्रतिक्रिया